गायत्री साह, मेडिसिटी अस्पताल र डाउन सिन्ड्रोम


Download our app to get more features
Spark_health_home Birat Hospital

आजभोलि अस्पतालमा उपचारका लागि जाँदा केही समस्या पर्यो वा देखियो भने सम्पूर्ण दोष डाक्टर र अस्पताललाई लगाउने प्रचलन देखिएको छ। यस्तै घटना भर्खरै मेडिसिटी अस्पतालमा पनि घट्यो ।एउटा बच्चा अस्वभाविक जन्मियो। बच्चा थियो पूर्व सभासद गायत्री साहको । उनी अस्पताल र डाक्टरको लापरबाहीले आफ्नो बच्चा त्यस्तो जन्मेको भन्दै अस्पताल हातमा धर्ना बसिन्। अस्पतालले आफ्नो गल्ती नभएको र बाबा आमाको क्रोमोजोमका कारण त्यस्तो बच्चा जन्मिएकाले उनलाई अस्पताल हातमा धर्ना बसि अस्पताललाई बद्नाम गरेको भन्दै पक्राउको लागि अदालतलाई आग्रह गर्यो र अदालत को आदेशमा पूर्व माननीय साह ललितपुर प्रहरीको थुनामा परिन्। एउटा पूर्व सभासद भैसकेको मान्छेको त चेतना यस्तो थलिएको छ भने सर्वसाधारणलाई गाली गर्ने ठाउँ नै छैन । सर्वसाधारणबाट असुरक्षित महशुस गर्दै आइरहेका अस्पताल र डाक्टरहरु अव भिआइपीहरुबाट पेलिने क्रम शुरुआत भएको छ। यसले हाम्रो समाजवादको यात्रा कहाँ पुर्याउला भन्न कठिन छ।

के हो डाउन सिन्ड्रोम ?

vayoda

bp_ad

ब्रीटिस नागरिक जोनल्याङडन डाउनले सन् १८६६ पत्ता लगाउनु भएको यो बच्चामा हुने समस्या हो र यस्लाई उनकै नामबाट नामाकरण गरिएको हो ।डाउन सिन्ड्रोम एउटा अनुवंशिक रोग वा समस्या हो। अर्थात् डाउन सिन्ड्रोम आवश्यकता भन्दा बढि क्रोमोजोमको मिलनले बच्चामा देखिने अस्वभाविक समस्या हो। सामान्यतया गर्भधारणको समयमा बच्चाले आफ्नो बाबुको तर्फबाट २३ र आमाको तर्फबाट २३ जम्मा ४६ क्रोमोजोम लिन्छ ।२३ं +२३=४६ को मात्रामा क्रोमोजोम लिने बच्चाबच्ची करिब स्वास्थ्य र सामान्य जन्मिन्छ। यदि बच्चाले २३ं+२३=४६ को सट्टा २३+२४=४७ का हिसाबले क्रोमोजोम लियो भने बच्चा अस्वस्थ र असामान्य जन्मन्छ । पूर्व सभासद गायत्री साहको बच्चा २३ं+२४=४७ को हिसाबले क्रोमोजोम रिसिभ गर्ने बच्चा हो र सुस्त बच्चा जन्मिएको हो। यस्ता बच्चा जन्मनुलाई डाउन सिन्ड्रोम भनिन्छ । यसमा डाक्टर र अस्पताल दुबै दोषि हुँदैन र जन्माउने मान्छे पनि दोषी हुदैनन् ।

डाउन सिन्ड्रोमको बिभिन्न अध्ययन हेर्ने हो भने ढिलो विवाह गर्ने र धेरै उमेर भएपछि बच्चा जन्माउने हरुको बच्चामा यस्तो समस्याहरु देखिएका छन्।उमेर अनुसार मान्नुस ३० बर्ष उमेर भएको महिलाले जन्माउने ९ सय मध्ये १ जनामा यस्तो समस्या देखिनसक्छ भने ३५ बर्षका महिलाले जन्माउने ३५० जना बच्चामध्ये १ र ४० बर्षका महिलाले जन्माउने १ सयमध्य एक बच्चालाई यस्तो समस्या देखिन सक्छ।

कसरी थाहा पाउने ?

डाउन सिन्ड्रोम नजन्मँदै र जन्मेपछि लक्षणका आधारमा थाहा पाउन सकिन्छ । गर्भवती अवस्थामा १३ र १४ हप्ताभित्र स्क्रिन टेस्ट ,ड्युल टेस्ट ,ट्रीपल टेस्ट र अल्ट्रासाउन्ड सोनाग्राफी र गर्भाशयमा सुई लगाएर पनि पत्ता लगाउन सकिन्छ । र, बच्चा जन्मेपछि लक्षणहरुबाट पनि पत्ता लगाउन सकिन्छ । जस्तै बच्चाको तौल कम हुनु, जोर्नि खुकुलो हुनु,आँखा सानो अनुहार गोलो हुनु, अम्ला चुस्नु ,जिब्रो निकाल्नु,टाउको सानो, हातखुट्टा ,जिउ मिलेर नआउनु,उचाइँ कम हुनु र मानसिक र शारीरिक विकास नहुन आदि ।

आजभोलि अधिकांश मानिसहरु ढिलो बिवाह र उमेर ढल्केपछि बच्चा पाउने सोच राख्छन डाउन सिन्ड्रोम प्रतिशतका हिसाबले चाडो बच्चा जन्माउने को भन्दा ढिलो बच्चा जन्माउने हरुका बच्चामा धेरै देखएकाले ३० वर्षभित्र बच्चा जन्माउने । उपचारको हकमा खासै केहि उपायहरू नभए पनि बच्चा जन्मेपछि बिभिन्न थेरापिहरु जस्तैः फिजियोथेरापी ,स्पिच थेरापी,अकुपेशनल थेरापी,म्युजिक थेरापी,डान्स, र मुख्य कुरा विशेष शिक्षक शिक्षिका राखेर आफ्नो ठूलो भएपछि स्वनिर्भरसम्म बनाउन सकिन्छ ।

Last modified on 2019-05-08 12:35:37

samyog_advertisement Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts