आइतबारदेखि काठमाडौंका यी सरकारी अस्पतालमा सूर्तिजन्य पदार्थ निषेध



Download our app to get more features

काठमाडौं, २७ वैशाख  । प्रहरीले  आउँदो आइतबारदेखि काठमाडौं उपत्यकाका सरकारी अस्पताल वरपर धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनमा  निषेध लगाउने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष पहलमा उपत्यकाका विभिन्न १० ओटा अस्पतालमा यस्तो नियम लागू गर्न लागिएको  हो । 

वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल, किर्तीपूर अस्पताल, नरदेवी आयुर्वेद, सिभिल अस्पताल, प्रहरी अस्पताल, आर्मी अस्पताल, गंगालाल र शुक्रराज शास्त्री अस्पताल, थापाथली प्रसूति गृहवरपर सूर्तीजन्य पदार्थको बेचबिखन र सेवन निषेध गरिने भएको छ । 
अस्पतालको एक सय मिटर वरपर बेचबिखन गर्न पनि रोक लगाइने भएको छ । 

प्रहरीकाअनुसार यदी कसैले सेवन तथा बेचबिखन गरे पहिलो पटक सम्झाइ बुझाइ गर्ने र दोर्होयाएर गरे एक सय रुपैयाँ जरिवाना  तिराइनेछ ।

प्रहरीले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन  गर्ने विरुद्ध सूर्तीजन्य पदार्थ ऐन, २०६८ बमोजिम कारबाही गर्न लागेको हो ।

सुर्तीजन्य पदार्थ निषेध अभियानलाई चरणबद्ध रूपमा निरन्तरता दिइने  भएको छ ।  प्रहरीले पहिलो चरणमा सरकारी अस्पतालमा यो नियम लागू गर्न लागे  पनि बिस्तारै निजी अस्पतालपरिसरमा  समेत यो अभियानलाई विस्तार गरिने बताएको छ ।

Last modified on 2019-05-11 12:01:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts