हैजा लाग्नबाट यसरी बच्नुस्



Download our app to get more features

काठमाडौं, २६ वैशाख  । काठमाडौमा हैजा देखिन थालेको छ । शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि आएका काठमाडौंका एक व्यक्तिमा हैजा देखिएको हो । हैजा ४५ वर्षमा एक पुरुषमा देखिएको अस्पतालका डा. शेरबहादुर पुनले जानकारी दिए । उनका अनुसार बिरामीको दिशाको नमुना परिक्षण गर्दा हैजा भएको पुष्टि भएको हो । 

पिउँने पानीका कारण उनमा हैजा देखिएको हुनसक्ने अनुमानका कारण बिरामीको घरबाट पानीको नमुना लिएको छ । सरुवा अस्पतालमा अन्य झाडापखलाका बिरामी आइरहे पनि हैजा नै भने अरु कसैमा देखिएको छैन् । गर्मीको समयमा मानिसहरुमा हैजा देखा पर्ने गरेपनि अघिल्ला वर्षको तुलनामा यो वर्ष छिटो हैजाका बिरामी देखिएको डा.पुनले बताए । 

पुनका अनुसार हैजाबाट बच्न शुद्ध पानीको प्रयोग गर्नुपर्छ । साथै जनचेतनाको कमीले पनि हैजा लाग्ने गरेको डा. पुन बताउछन् ।  
कुनैपनि रोगबाट बच्नुको उत्तम उपाय भनेको  खानपानमा ध्यान दिनु नै हो । यदि खाने कुराहरु बिश्वसनिय भए यस्ता रोगबाट बच्च सकिने पुनको भनाइ छ । 

बासी तथा झिँगा भन्केका खाना खाँदा तथा प्रदुषित पानी पिउँदा हैजा लाग्ने हुँदा त्यस्ता खाना नखान तथा पानी नपिउन डा. पुनको आग्रह छ । सडकमा खुल्ला राखिएको खानेकुरा नखान पनि उनको आग्रह छ । बाहिरबाट घर आइसकेपछि वा दिशा पिसाव गरिसकेपछि साबुन पानीले राम्रो संग हात धुनुपर्छ । 
 

Last modified on 2019-05-11 12:01:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts