वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान: राजनीतिक खिचातानीले अलपत्र 



Download our app to get more features

काठमाडौं, ३० वैशाख । राजनीतिक खिचातानीको कलह र अख्तियारमा परेका मुद्धाहरुको टुङगो लाग्न नसक्दा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान दिनानुदिन दलदलमा फस्दै गएको छ । प्रतिष्ठानका सहकुलपति उपेन्द्र यादव र प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारविचको मनमुटावले समस्या बढेको हो । दक्षिण एशियाकै उत्कृष्ठ मानिएको प्रतिष्ठानका  पदाधिकारीहरुको आन्तरिक द्वन्दले सेवा नै प्रभावित भईरहेको छ ।

स्वास्थ्य मन्त्रालयसँग समन्वय नहुदाँ वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका योजनाहरु अलपत्र परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री एवंम वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपति उपेन्द्र यादव र प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर राजकुमार रौनियारविचको मनमुटावका कारण मन्त्रालयसँग समन्वय नहुदाँ प्रतिष्ठानका योजना अलपत्र परेका हुन् । मनमुटावकै कारण प्रतिष्ठानको भौतिक विकासका साथै कार्यकारिणी समितिका दुई जना पदाधिकारीको पदावधि सकिदा पनि पदपुर्ति गर्न समस्या देखिएको छ  । यसले प्रतिष्ठानका थप योजनाहरुको प्रस्ताव तयारमा प्रभाव परिरहेको छ भने ३ वर्ष देखि विद्यार्थीहरु दिक्षित समेत हुन पाएका छैनन् । प्रतिष्ठानमा लामो समय देखि मातृशिशु स्याहार केन्द्र, कार्डियोलोजि र अंकोलोजी लगाएतका भवनहरु अलपत्र छन् । 

प्रतिष्ठानको ४६ औं सिनेट बैठकबाट बर्खास्तीमा परेका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई सर्वोच्च अदालतले गएको चैत्र ४ गते पुनः बहाली गरिदिए पछि स्वास्थ्य मन्त्री र उपकुलपति बिचको दुरी बढ्दै गएको हो ।  आफु अनुकुलको उपकुलपति ल्याउन मन्त्री यादवले रौनियारलाई हटाउन खोजेको आरोप लागेको छ । मन्त्री यादवको योजना पुरा नभएकाले प्रतिष्ठानका योजनाहरु अलपत्र पारिएको प्रतिष्ठानका प्रवक्ता प्रा. डा. पशुपति चौधरी बताए । 

दक्षिण एशियाकै उत्कृष्ठ मानिएको वीपी प्रतिष्ठानका प्रमुख पदाधिकारीहरुको आन्तरिक द्वन्दले प्रतिष्ठानको सेवा नै प्रभावित भईरहेको छ । 

Last modified on 2019-05-14 13:03:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts