गुणस्तहीन औषधि बिक्रीवितरण गर्ने औषधि पसललाई कारवाही हुन्छ: स्वास्थ्य मन्त्री यादव



Download our app to get more features

काठमाडौं, ३१ वैशाख । गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुलाई कडा कारवाही गर्ने चेतावनी सरकारले दिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुमाथि कडा कारवाही गर्ने चेतावनी दिएका छन् । 

चिस्यानमा नराखिएको औषधि बिक्रीवितरणमा पनि प्रतिबन्ध लगाउने बताए । मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै यादवले चिकित्सकहरुको ‘प्रेसक्रिप्सन’ विना कुनै पनि औषधि पसले औषधि बिक्री गर्न नपाउने बताएका छन् । उनले यसका लागि सबै औषधि पसलहरुमा सरकारले निगरानी राख्ने योजना रहेको पनि बताए । 

 यादवले सरकारले सिधैं कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताए ।  सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महँगो पर्न जाने भन्दै उनले रोकेर सरकारे सिधै कम्पनीबाट औषधि खरिद गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।  


 

Last modified on 2019-05-15 09:05:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts