सुचिकृत अस्पतालमा रोकिएको छैन सहुलियत उपचार, अपुग रकमका लागि पहल हुदैं 



Download our app to get more features


काठमाडौं, ३१ वैशाख । विपन्न नागरिकका लागि सरकारले उपलब्ध गराउदै आएको सहुलियत उपचार निरन्तर चलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विभिन्न संचार माध्यमहरुमा क्यान्सर रोगीलाई दिदै आएको एक लाख आर्थि सहायता पाँच महिना देखि रोकियो भन्ने समाचारले मन्त्रालयको ध्यानकर्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारबाट विपन्न नागरिकको क्यान्सर लगायत ८ कडा रोगहरुको उपचारका लागि सुचिकृत अस्पतालहरुलाई उपचारबापत सोधभर्ना गर्ने गरी आर्थिक सहायता प्रदान गर्ने व्यवस्था रहेको जनाएको छ । 

साथै सुचिकृत भएका अस्पताललाई सोधभर्ना उपलब्ध गराई मन्त्रालयद्धारा अपुग बजेटका लागि आवश्यक पहल भइरहेको पनि मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । 

साथै सुचिकृत अस्पतालहरुबाट सेवा प्रवाह यथावत रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जारी गरेको प्रेस विज्ञप्तिमा स्पष्ट पारेको छ । 

सरकारले बिपन्न नागरिक कोष अन्तरगत सर्वसाधरणलाई आठ वटा कडा रोगमा सहुलियत दिदै आएको छ । सरकारले क्यान्सर, मुटु, मिर्गाैला, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल निमोनियाको उपचारमा विपन्न नागरिकलाई सहुलिएत दिदै आएको छ । मिर्गाैला बाहेकका रोग लाई एक लाख सम्म सहुलिएत दिदै आएको छ । तर मिर्गौलाको भने डाइलासिस, प्रत्यारोपण निशुल्क छ । मिर्गाैलाको प्रत्यारोपण पछिको औषधिको लागि भने एक लाख उपलब्ध गराउदै आएको छ ।  
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts