आकृति साहको मृत्यु प्रकरण: प्रहरीले उजुरी लिएन, यस्तो छ बुवाको आक्रोश (भिडियो सहित )



Download our app to get more features

काठमाडौं, १ जेठ । गलत रगत चढाउँदा मृत्यु भएकी आकृति कुमारी साहको १५ दिन वितिसक्दा पनि प्रहरीले उजुरी लिएको छैन् । प्रहरीले उजुरी लिन नमान्दा कारवाही अघि बढ्न सकेको छैन । बुधबार रिपोटर्स क्लबमा आयोजित प्रत्रकार सम्मेलनमा शाहका आफन्तले घटना बाहिर यतिका दिनसम्म न्याय नपाएको भन्दै  आक्रोश भए । साहका आफन्त सुरेन्द्र यादवका अनुसार प्रहरीले अहिलेसम्म उजुरी लिन मानेको छैन् ।

उपचारमा लापरबाही भएको भन्दै महाराजगन्जस्थित चक्रपथ प्रहरी कार्यालय जाँदा उजुरी नलिएको मृतकका आफन्तले बताए । उपचारमा संलग्न चिकित्सकमाथि शंका लागेको व्यहोरासहितको निवेदन दिँदा प्रहरीले उजुरी दिन नमानेको उनीहरूको भनाइ छ । बालिकाका आफन्त यादवले भने, 'मैले वकिल नै लिएर जाँदा पनि उजुरी लिन मानेका छैनन् उपचारमा लापरबाही गर्ने डाक्टरको नामबिनाको उजुरी दिएर हामीले कसरी न्याय पाउने ।’ प्रहरीले उजुरी नलिँदा बाल्ऽिकाको शवको पोस्टमार्टम हुन सकेको छैन । शव अहिले त्रिवि शिक्षण अस्पतालमा अलपत्र छ । 

वैशाख १७ गते सर्लाहीकी ५ वर्षीया बालिकाको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचार गर्दा मृत्यु भएको थियो । 

हेर्नुहोस भिडियो:

Last modified on 2019-05-17 07:53:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts