अन्तिम सास चलुन्जेलसम्म न्यायका लागि लड्छु : शेर्पा 



Download our app to get more features

काठमाडौं,१ जेठ । शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा अनसनरत नर्स डिकी शेर्पाले अन्तिम सास रहुन्जेल पनि न्यायका लागि लडिरहने बताएकी छन् । शेर्पा प्रत्यारोपण केन्द्रमा नै आमरण अनसनमा छन् । अनसनका क्रममा स्वास्थयमा समस्या देखिएपछि उनलाई सोहि अस्पतालमा भर्ना गरिएको छ । 

शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रका नर्सको मागमा एक्यबद्धता जनाउदै दुई जान नर्सहरु ६ दिन देखि आमरण अनसनमा बसेका छन् । लामो समयसम्म आन्दोलनमा रहेका नर्सहरुको आन्दोनल सार्थक नभएपछि दुई जना नर्सले अनसन सुरु गरेका हुन् । 

अहिले अनसनरत नर्सहरु दुबै जना अस्पतालमा भर्ना भएका छन् । नर्सिङ संघको भवनमा अनसनरत नर्स जिता बरालको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । उनको बि पि स्मृति अस्पतालको वार्डमा उपचार भइरहेको छ । बरालकी बहिनिका अनुसार उनको नसाहरु नखुल्ने अवस्था रहेको उपचारमा पनि समस्या हुने देखिएको छ । उनमा छातीको संक्रमण देखिएको पनि बरालकी बहिनीले जानकारी दिइन् । 

 वार्ताको लागि कुनै पहल भने नभएको बरालले बताइन । आन्दोलन र धर्ना गर्दा समस्याको समाधान गर्न पहल नभएको भन्दै उनीहरुले आमरण अनसन सुरु गरेको बताउँछन् । 

सबै कर्मचारीहरुलाई समयमै तलब प्रदान गर्नुपर्ने, सरकारी अस्पतालमा पाईने सेवा सुविधा उपलब्ध गराइनु पर्ने,  पुरानो कर्मचारीलाई स्थायी गरिनुपर्ने, पुरानो कर्मचारीको कार्यसम्पादन मुल्याकंनको आधरमा ग्रेडिङ गरिनुपर्ने लगायतका माग राखि केन्द्रका नर्सहरु १८ दिनदेखि आन्दोलनमा उत्रिएका थिए । अहिले भने आमरण अनसनमा छन् । 

Last modified on 2019-05-17 07:53:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts