स्मार्ट कार्डबाट सेनेटरी प्याड  



Download our app to get more features

डडेल्धुरा जेठ १। डडेल्धुराको भागेश्वर गाँउपालीकाले जिल्लामै पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड निकाल्ने मेसिन सञ्चालनमा ल्याएको छ । गाँउपालीकाको वडा नम्बर ४ मा रहेको सरस्वती माध्यमीक विद्यालय बगरकोटमा सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकी अध्यक्ष कौशीला भट्टले बताइन । 

‘छात्राहरुलाई चाहिएको बेला भिन्नै मेसीनमा स्मार्ट कार्ड छिराएर प्याड निकाल्न सक्नेछ’ उनले भनिन ‘विद्यालयमा अहिले एक सय १० वटा स्मार्टकार्ड वितरण गरेका छौ ।’ सेनेटरी प्याड मेसीन किशोरीहरुलाई सुरक्षित महसुस हुने भिन्नै स्थानमा राखीएको उनले बताइन । ‘अब अन्य माध्यमीक विद्यालयमा पनि सेनेटरी प्याड निकाल्ने मेसिन राख्ने योजनामा छौ’ उनले भनिन ।

मेसीन राखेपछी महिनावारीका कारण छात्राहरु दुई÷तीन दिनसम्म विद्यालय नआउने, आइहालेमा पनि सेनेटरी प्याड प्रयोग गर्न नपाउने र कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता अन्त्य हुने विद्यालयकी शिक्षीका भुवनेश्वरी शाहीले बताइन ।

ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोगमा छात्राहरुको महिनावारी स्वच्छता व्यवस्थापनका लागि स्वचालित सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाँउपालीकाले जानकारी दिएको छ  ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts