पौडेललाई हटाएर डा.बगालेलाई भरतपुर अस्पतालको मेसुको जिम्मेवारी



Download our app to get more features

चितवन, २ जेठ । चितवनको भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त भएका छन् । 

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको मन्त्रीस्तरीय निर्णयबाट डा बगालेलाई भरतपुर अस्पतालको मेसुमा नियुक्त गरिएको हो ।

यसअघि डा. कृष्णप्रसाद पौडेल भरतपुर अस्पतालका मेसु थिए । उनललाई हटाएर मन्त्री यादवले बालरोग विशेषज्ञ डा. बगालेलाई नयाँ जिम्मेवारी दिएका हुन् । 

डा. बगाले १० औं तहका चिकित्सक हुन् । सरकारले भरतपुर अस्पताललाई गत माघ ७ गते विशिष्ट सेवासहितको विषेशज्ञ सेवा दिने अस्पताल घोषणा गरेको थियो ।

नवनियुक्त मेसु डा. बगालेले भरतपुर अस्पताललाई सरकारले घोषणा गरेअनुसार नै विशेषज्ञ सेवासहितको विशेषज्ञ अस्पताल बनाएर सेवा प्रवाहलाई चुस्त पारिने बताए । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts