विश्व उच्च रक्तचाप दिवस

बढ्दोक्रममा उच्च रक्तचापः कारण के ?

कसरी थाहा पाउने उच्च रक्तचाप, यस्ता छन् जोगिने उपाय



Download our app to get more features

आज विश्व उच्च रक्तचाप दिवस । विश्वभर स्वास्थ्यसम्बन्धि काम गर्ने विभिन्न संघ संस्थाहरुले जनचेतनामूलक कार्यक्रमको अयोजना गरी विश्व उच्च रक्तचाप दिवस मनाउने गर्छन् ।  

उच्च रक्तचापबारे सचेतना अभिबृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष मे १७ का दिन यो दिवस मनाउने गरिन्छ ।

तथ्यांक अनुसार नेपालमा शहरी क्षेत्रमा बस्ने २० देखि २५ प्रतिशत वयष्कमा उच्च रक्तचापको समस्या छ ।

 विश्वमा हरेक वर्ष ३ जना वयष्कमध्ये १ जनामा उच्च रक्तचापको समस्या भएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाउँछ । जसबाट प्रत्येक वर्ष ९० लाख मानिसको मृत्यु समेत हुने गरेको छ । 

बढ्दोक्रममा उच्च रक्तचाप
पछिल्लो समयमा उच्च रक्तचाप कम उमेरका मानिसमा पनि देखिन थालेको छ ।

तनावपूर्ण र व्यस्त दैनिकि, धुम्रपान/मद्यपानको अत्याधिक प्रयोग, जंक फुडको बढी प्रयोगले उच्च रक्तचाप हुन्छ । अहिलको पुस्ता उच्च रक्तचापको सिकार आफ्नै लापरवाहीले भइरहेका छन् ।  

अन्य रोग जस्तै मुटुको रोगी, मृर्गौलाका रोगि, मधुमेह, पत्थरी लगायतका बिरामीलाई पनि उच्च रक्तचाप हुन्छ । पछिल्लो समय डायलेसिस गर्नेको संख्या बढी भएको हुँदा  उच्च रक्तचाप बढीरहेको छ । तर, यो रोगका औषधि खाएमा उच्च रक्तचाप ठिक हुन्छ ।

उच्च रक्तचापको समस्या बढेपछि जीवनभर औषधी खानुपर्छ भन्ने भ्रम छ ।

 तर, आफ्नो खानपान र दैनिकीमा केही परिवर्तन गर्ने हो भने चिकित्सकको निगरानमीमा उच्च रक्तचापको औषधी जीवनभर खानु पर्दैन ।

बेलबेलमा रक्तचापको अवस्ता जाँच गरिरहनुपर्छ ।

रक्तचाप बढेमा वा घटेमा सोहीअनुसार चिकित्सकको सल्लहाबमोजिम औषधि सेवन गर्नुपर्छ । रक्तचाप अनियमित भए पनि खानपान र आफ्नो दैनिकिमा परिवर्तन नगर्ने, जाँच नगर्ने, औषधिको प्रयोग नगरेमा रक्तचाप मृत्युको कारक पनि बन्न सक्छ ।

रक्तचाप सामान्य भएता पनि यसको भूमिका शरीरमा ठूलो हुन्छ ।

रक्तचाप घटि पनि हुनुहुँदैन र बढी पनि हुन हुँदैन । मानिसको उमेरअनुसारको रक्तचाप हुन आवश्यक हुन्छ ।


उच्च रक्तचाप के हो ?

शरिरमा हुने सामान्यभन्दा बढी रक्तचापलाई उच्च रक्तचाप मानिन्छ । माथिको प्रेसर (सिस्टोलिक) १४० भन्दा बढी र तलको प्रेसर (डायस्टोलिक) ९० भन्दा बढी भएमा त्यसलाई उच्च रक्तचाप मानिन्छ।

डायस्टोलिक ६० देखि ९० सम्म र सिस्टोलिक ११० देखि १४० सम्म छ भने त्यो सामान्य हो। यो मापदण्डभन्दा बढी भएमा उच्च रक्तचाप र थोरै भएमा कम रक्तचाप हो । 

कसरी थाहा पाउने ?
रक्तचापबारे जानकारी लिन बेला–बेला परीक्षण गरेमा थहा हुन्छ ।

यसबाहेक उच्च रक्तचापका सामान्य लक्षणह टाउको दुख्ने, रिगंटा लाग्ने, कानमा टुङ–टुङ वा अन्य कुनै खालका आवाजहरु आउने, आँखा तिरीमिरी हुने लगायत हुन् ।
उच्च रक्तचाप भएमा कोहीलाई वाकवाक पनि लाग्छ । तर, कसैलाई उच्च रक्तचापको लक्षण सबैलाई नदेखिन पनि सक्छ । 

कसैकसैलाई माथिको रक्तचाप १८० र तलको १२० पुग्दा पनि कुनै लक्षण देखिदैन ।

कोही व्यक्तिले  उच्च रक्तचाप भएको महिनौं र वा वर्षौंसम्म पनि थहा पाउँदैनन् ।

परिक्षण गरिसकेपछि मात्रै उच्च रक्तचाप भएको थहा हुनसक्छ ।

थाहै नभई उच्च रक्तचापबाट मानिसको मृत्यु  समेत भइरहेको हुन्छ । यसकारण उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । 

उच्च रक्तचापमा कहिलेकाँही मस्तिष्कको नसा फुट्ने, प्यारलाइसिस हुने, मुटुमा असर गर्नेलगायतका डरलाग्दा समस्या समेत निम्तिन सक्छ । मृगौलाको समस्या भएर अस्पताल गएपछि मात्र रक्तचाप बढेको भन्ने थाहा  पाउने पनि थुप्रै पाइएको छ ।

समयमै उपचार आवश्यक
कुनै लक्षण नदेखिएता पनि सामान्यता ३० वर्ष नाघेका व्यक्तिले नियमित रक्तचापको परीक्षण गर्नुपर्छ । समयमै थहा पाउन सकिएमा रक्तचापको सहज उपचार हुन्छ ।

यसकारण अंगभंग भइसकेपछि  मात्रै उच्च रक्तचापको समस्या थाहा पाउनुभन्दा समयमै ध्यान दिन जरुरी छ । 

के कारण हुन्छ उच्च रक्तचाप ?

उच्च रक्तचाप वंशाणुगत हो। आफ्ना  परिवारका कुनै पनि सदस्यलाई उच्च रक्तचाप भएको छ भने जसको  असर छोराछोरीदेखि नातिनातिनीमा समेत देखिन सक्छ।

उच्च रक्तचाप हुनुको अर्को मुख्य कारण मोटोपना हो। मोटो व्यक्तिलाई उच्च रक्तचाप हुने संभावना  प्रवल हुन्छ।

धुमपान तथा मद्यपान गर्नेहरुलाई  उच्च रक्तचापको जोखिम हुन्छ।

अत्याधिक रक्सी र चिल्लो पदाथ सेवन गर्नेलाई पनि उच्च रक्तचापले सताउँछ ।

चिन्ता लिने, तनावपूर्ण काम तथा तथा जीवनशैली, अत्याधिक व्यस्त र कम सुत्नेलाई उच्च रक्तचापको सम्भावना बढी हुन्छ ।

उच्च रक्तचाप हुनेहरुमा कोलस्ट्रोल पनि उच्च हुन्छ। त्यसले गर्दा उच्च रक्तचाप हुनेको रगतको पनि जाँच गर्नुपर्छ। उच्च रक्तचाप र कोलस्ट्रोल हुनेले औषधी नखाएमा त्यसले मुटु र मृगौलको नलीहरुमा बोसोका मात्रा बढ्दै जानेलगायतका जटिल समस्या निम्त्याउँछ।

सो समयमा  वेवास्ता गरेमा हृदयघात हुने, खुट्टाको नली ब्लक भएर खुट्टा काट्नुपर्ने, आँखा कमजोर हुँदै गएर पुरै बिग्रिन सक्ने जस्ता समस्या आउन सक्छन्। उच्च रक्तचापले शरिरको जुनसुकै अंगमा पनि हानी पुर्याउन सक्छ।

औषधि रक्तचापअनुसार 

रक्तचाप माथि १४० भन्दा बढी र तल ९० भन्दा बढी भएमा परिक्षण गरेर मात्र औषधि   खानुपर्छ। माथि १४५ देखि १५० र तल ९५ देखि १०० भयो भएमा थोरै मात्रामा औषधि खानुपर्छ, तर एकपटकको जाँचमा नै खानपर्छ भन्ने छैन। एकपटक मात्र जँचाएको भरमा औषधिको प्रयोग गर्नु हुँदैन।

उच्च रक्तचाप भएको थहा भएता पनि एकैपटक औषधि सेवन नगरी एक हप्तासम्म बिरामीलाई निगरानीमा राख्नुपर्छ  ।

पटक–पटकको परीक्षणमा पनि उच्च रक्तचाप देखिए मात्रै औषधि चलाउन सुझाव दिनुपर्छ ।

उच्च रक्तचापबाट कसरी जोगिने ?

उच्च रक्तचाप बढी हुन नदिन  सबैभन्दा महत्वपूर्ण घरेलु उपाय भनेको नुनको प्रयोग कम गर्नु हो।

 नुन कम खाने हो भने उच्च रक्तचापको समस्या नहुन सक्छ। खानपीन र व्यायाममा ध्यान दिने काम सानै उमेरदेखि नै नै सुरु गर्न पर्छ। 

मोटोपन बढ्न नदिने, नुन कम खाने, धुमपान–मद्यपान नगर्ने र कोलस्ट्रोल बढ्न नदिने हो भने उच्च रक्तचापको सम्भावना  कम हुन्छ ।

Last modified on 2019-05-18 06:57:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts