प्रसाद खाएपछि पाल्पामा एकै गाउँका १ सय ६ जना बिरामी 



Download our app to get more features

पाल्पा, ३ जेठ । पाल्पाको तिनाउ गाउँपालिका–४, कोलडाँडाको बौरिडाँडाँमा प्रसाद (भोज) खाएका एकै गाउँका १ सय ६ जनाहरु बिरामी परेका छन् । 

छिमेकीको १३ दिने पुण्य तिथिमा (मृत्यु संस्कार) प्रसादको रुपमा खाना खाएकाहरु झाडापखाला लागेर बिरामी परेका हुन् । 

बिरामी परेकाहरु मध्ये ११ जनालाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका लागि पठाईएको छ भने १२ जनालाई स्वास्थ्य कार्यालय पाल्पामै सलाइन चढाईएको छ ।

जिल्ला प्रशासनअनुसार लुम्बिनी मेडिकल कलेजमा उपचारार्थ दुई जनालाई आईसीयुमा राखिएको छ । 

अन्य सबैलार्ई सामान्य उपचार गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पा तिनाउँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले  फूड प्वाईजनका कारण बिरामी परेको आशंका गरिए पनि यथार्थ पत्ता लाग्न नसकेको बताए ।

Last modified on 2019-05-17 11:37:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts