तलव नपाएको भन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित



Download our app to get more features

रुपन्देही ३ जेठ । लामो समयदेखि तलव नपाएको भन्दै बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् ।

उनिहरुले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि तलव र नियुक्तिपत्र नपाएको भन्दै माग पुरा गर्न अस्पताल प्रशासनलाई ७२ घण्टे अल्टिमेटम दिएका छन् । लोकसेवा आयोग लगायत अन्य प्रक्रियाबाट लिखित परीक्षा मार्फत छनौट भएका कर्मचारीहरुले करीव ४ महिनादेखी तलव र नियुक्ति पत्र नपाएका हुन् ।

अस्पतालमा कार्यरत डा. प्रविण कुमार गुप्ता, डा क्रिष्टिना नमोक श्रेष्ठ, डा. उषा शर्मा, रन्जिता ढुंगाना, सन्तोष खनाल, भिमकुमारी तिमील्सेना, देव वहादुर कार्कि, अनिल कुमार यादव, राजेश वर्मा र कृष्ण पौडेलले तलव नपाएका हुन् । उनिहरुले संयुक्त रुपमा विज्ञप्ति निकालेर सन्चालक समीति र अस्पताल प्रसाशनको ध्यानाकर्षण गराएका छन् । समस्या समाधान नगरिए कडा आन्दोलनमा उत्रने उनिहरुको चेतावनी छ ।
 

Last modified on 2019-05-18 10:48:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts