प्रत्यारोपण केन्द्रका आन्दोलनरत नर्ससंग स्वास्थ्य मन्त्रालयमा वार्ता हुँदै



Download our app to get more features

काठमाडौं, ५ जेठ । शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका आन्दोलनरत नर्ससंग आज वार्ता हुने भएको छ । 

वार्ता स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा  हुने नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले जनाकारी दिइन । वार्तामा आन्दोलनरत नर्स, प्रत्यारोपण केन्द्र, भक्तपुर जिल्ला प्रशासन र स्वास्थ्य मन्त्रालयका पदाधिकारी बिच हुने भएको छ । 
पोखरेलले भनिन्, 'आजको वार्ताले केहि न केहि निष्कर्ष निकाल्ने  छ'।

प्रत्यारोपण केन्द्रका दुई नर्स दिक्की शेर्पा र जिता बराल भने नर्सहरुको न्यायका लागि भन्दै आमरण अनसनमा बसेका छन् । 

सबै कर्मचारीहरुलाई समयमै तलब प्रदान गर्नुपर्ने, सरकारी अस्पतालमा पाईने सेवा सुविधा उपलब्ध गराइनु पर्ने,  पुरानो कर्मचारीलाई स्थायी गरिनुपर्ने, पुरानो कर्मचारीको कार्यसम्पादन मुल्याकंनको आधरमा ग्रेडिङ गरिनुपर्ने लगायतका माग राखि केन्द्रका नर्सहरु १८ दिनदेखि आन्दोलनमा उत्रिएका थिए ।  १८ दिनको आन्दोलन निरर्थक भएपछि  दुई जना नर्सले आमरण अनसन सुरु गरेका हुन् । अनसन वैशाख २७ गते बाट सुरु गरेका हुन् । 

Last modified on 2019-05-20 09:38:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts