नेशनल बायोमेडिकल प्रा.ली.तीन वर्षका लागि कालोसूचिमा



Download our app to get more features

काठमाडौं, ५ जेठ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताबमोजिमको काम नगर्ने आठ ठेकेदार कम्पनीलाई कालोसूचिमा राखेको छ । जसमध्ये, एक औषधि आपूर्ति कम्पनी पनि परेको छ ।

त्रिपुरेश्वरस्थित नेशनल बायोमेडिकल प्रा.ली.लाई शुक्रबार कालोसूचिमा राखिएको कार्यालयले जनाएको छ ।

कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा उक्त बायोमेडिकल प्रालिलाई तीन वर्षका लागि कालोसूचिमा राखेको हो ।

कार्यालयका अनुसार प्रा.लीलाई २०१९ मे १७ देखि २०२२ अप्रलि १६ सम्मको अवधिभर कालोसूचिमा राखिएको छ । 

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उफदफा (१) अनुसार यो आपुर्तीकर्ता  कम्पनीले कालोसूचिमा राखिएको अवधिभर सार्वजनिक निकाएको कुनैपनि खरिद कारवाहीमा भाग लिन नपाउने सूचना कार्यालयले जारी गरेको छ ।  

 

कस्तो छ कालोसूचिको व्यवस्था ?
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ मा कालोसूचिसम्बन्धी व्यवस्था छ । यसअनुसार आचरणविपरीत काम गरेको प्रमाणित भएमा, स्वीकृतिका लागि छनोट भएको बोलपत्रदाता वा प्रस्तावदाता खरिद सम्झौता गर्न नआएमा कालोसूचिमा राख्न सकिन्छ ।

त्यस्तै, सम्झौताबमोजिमको कार्य नगरेको वा कम गुणस्तरको काम गरेको प्रमाणित भएमा, फौजदारी कसुरमा अदालतबाट दोषी ठहरिएमा र योग्यता ढाँटी खरिद सम्झौता गरेको प्रमाणित भएमा कुनै पनि कम्पनी कालोसूचिमा पर्छन् । 
 

Last modified on 2019-05-20 09:38:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts