छाती दुख्दैमा हृदयघात हुँदैन !



Download our app to get more features

छातीमा सामान्य दुखाई भए पनि हामी हृदयघात पो हुन लाग्यो की भनेर त्रसित हुने गर्छौ । तर, यो बुझाई पूर्ण छैन् । अन्य धेरै कारणले छाती दुख्ने  बताउँछन् कार्डियो थेरासिस् तथा भस्कुलर सर्जन प्राडा गम्भीरलाल राजभण्डारी । 

छातीभित्र मुटु मात्र हुँदैन् । यहाँ फोक्सो, खाना नली, रक्तनलीहरु, हड्डी, मांशपेशी, छाला समेत हुन्छन् । यी कुनै पनि अंगमा समस्या आए छाती दुख्न सक्छ । 

मुटुको दुखाई हो होइन कसरी थाहा पाउने ? 

छाती अन्तर्गत पर्ने कुन अंगको समस्याले गर्दा छाती दुख्यो भनेर थाहा पाउन सबै भन्दा उपयुक्त उपाए त स्वास्थ परीक्षण नै हो । परीक्षणपछि मात्र के कारण र कुन अंगमा समस्या भएको हो भन्ने एकीन हुन्छ । तर, तुरुन्त परीक्षण गरिहाल्ने अवस्था छैन भने निम्न लक्षणका आधारमा छाती दुखाइलाई छुट्टाउन सकिन्छ ।

मुटुमा समस्या भएमा देखिने दुखाई 

अधिकांशलाई मुटुको समस्याले छाती दुख्दा छातीको बायाँतीर बिच भागमा एकनासले दुख्ने, धेरै दुखाइ हुने, पोल्ने र कसैमा दायाँ हात तीर, घाँटी तिर सर्दै दुख्ने हुन्छ । दुखाईको साथै बान्ता हुने, पसिना आउने, मुटुको धड्कन बढेजस्तो महसुश हुने गर्छ । 

फोक्सोको कारणले हुने दुखाई

फोक्सोमा संक्रमण हुँदा पनि छाती दुख्छ । साथै यसको दुखाईसंगै दम बढेजस्तो स्वाँ.. स्वाँ.. हुने, ज्वारो आउने हुन सक्छ । श्वास लिदा वा फेर्दा छाती च्वास् च्वास् दुख्ने, करङमा कक्रक्क भए फोक्सोको कारणले दुखेको हुनसक्छ । 

श्वास नलीमा समस्या हुँदाको दुखाई 

श्वास नली ठीक मुटुको पछाडी हुन्छ । यस नलीमा समस्या हुँदा तथा ग्यास्टिक हुँदा पनि छाती दुख्छ ।

मांशपेशी वा हड्डीको कारणले हुने दुखाई

छाती वरीपरीको मांशपेशी वा हड्डीमा समस्या आयो भने पनि छाती दुख्छ । छातीको दाँया भागको पछाडी छेउतिर करंगको भागमा दुखेमा मांशपेशी वा हड्डीमा समस्या हुन सक्छ । निमोनिया हुँदा पनि छाती दुख्न सक्छ । 
सामान्यतया छाती दुख्ने लक्षित उमेर समूह भनेको ४०/४५ वर्ष कटेपछि हो । तर अहिले अस्वस्थ खानपान, विलासी जीवनशैली, उच्च रक्तचाप मधुमेह, धुमपान, मद्यमापन, लागु औषधको प्रयोगले कलिलो उमेरमै मुटु, फोक्सो लगायतका अंगमा समस्या हुन्छ र छाती दुख्नेको संख्या पनि बढ्दो छ । 

यसरी बचौं 

मुटु, फोक्सो, श्वासनली लगायतका अंगमा समस्या आएकै कारण छाती दुख्ने भएकाले छाती दुख्नबाट बच्न यी अंगलाई स्वस्थ राख्नु पर्छ । धुमपान मध्यपान गर्नु हँुदैन् । स्वस्थकर खाना खानुपर्छ । सक्रिय जीवनशैली अवलम्बन गर्नुपर्छ । कम्तीमा वर्षमा एक पटक स्वास्थ परीक्षण गराउनु पर्छ । मुटुको कारणले दुखे जस्तो लक्षण देखिए तुरुन्त चिकित्सकोमा जानु पर्छ । 

Last modified on 2019-05-20 14:24:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts