एसियन फार्मास्युटिकलमा आगलागी  हुँदा करोडौंको औषधि तथा कच्चा पदार्थ नष्ट



Download our app to get more features

रुपन्देही ६ जेठ । रुपन्देहीमा रहेको एसियन फार्मास्युटिकल प्रालिमा आगलागी हुँदा  करोडौको औषधि तथा कच्चा पदार्थ जलेर नष्ट भएको छ।

रुपन्देहीको ओमसतिया गाँउपालिकामा रहेको एसियन फार्मास्युटिकल प्रालिको उद्योगमा आगलागी भएको हो ।

उद्योगमा दिउँसो ४ बजेपछि आगलागी भएको करिब डेढ घण्टा पछि मात्रै दमकल पुगेको स्थानीयले बताएका छन्।

दमकल पुग्न ढिलाइ हुँदा आगलागीबाट ठुलो क्षति भइसकेको अनुमान गरिएको छ। आगो ढिलोगरी नियन्त्रणमा आएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी धर्मराज भण्डारीले आगलागीको खबर पाउने बित्तिकै बुटवल भैरहवा र तिलोत्तमाको दमकल पठाइएको बताए।

तीन वटा दमकलले पनि आगो नियन्त्रणमा आउन नसकेपछि लुम्बिनी, परासी र सुनवलबाट समेत दमकल बोलाइएको वताए।

आगलागीको कारण खुल्न सकेको छैन।

Last modified on 2019-05-22 07:13:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts