सहमतिपछि अनसन तोडेकी नर्स शेर्पा फेरि अनसनमा

बरालको मागमा सहमति जुटाउन संघ मन्त्रालय जाँदै



Download our app to get more features

काठमाडौं, ७ जेठ । दश बुँदे सहमति गरेर अनसन तोडिएका भनिएको नर्स डिक्की शेर्पाले फेरि अनसन थालेकी छिन् ।

सरकारसँग आइतबार भएको दश बुँदे सहमति पछि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्स शेर्पाले अनसन तोडेको भोलिपल्टैबाट थप माग अघि सार्दै फेरि अनसन जारी गरेकी छन् ।

सहमति सँगै प्रत्यारोपण केन्द्रका नर्स डिक्की शेर्पाले अनसन तोडेपनि सरकारले कसैलाई पनि करारमा राख्नै नपाउने सोझै स्थायी गर्नुपर्ने माग अघि सार्दै अनसन जारी गरेकी छिन् । 

शेर्पाको माग सम्बोधनका लागि प्रत्यारोपण केन्द्रमा आइतबार झण्डै चार घण्टा लामो वार्ताबाट दश बुँदामा सहमति भएको थियो । जसमा लोकसेवाको परीक्षा पछि केन्द्रमा कार्यरत नर्सहरुको सेवामा निरन्तरता पाउने कि नपाउने भन्ने विषयमा केन्द्र प्रशासनले कार्यरत नर्सका लागि सेवा निरन्तरता दिने गरी सहमति भएको थियो । अब लोक सेवाको परीक्षामा असफल भएपनि कार्यरत नर्सहरुलाई विस्तारित सेवामा खटाइने र रोजगारीमा निरन्तरता पाउने भनिएको छ । तर, नर्स शेर्पाले भने सरकारले कुनैपनि नर्सलाई करारमा राख्न नपाउने भन्दै फेरि अनसन थालेकी छिन् ।

यता, बिपी स्मृति अस्पतालमा अनसनरत नर्स जिता बरालको अनसन भने जारी नै छ । उनको मागमा सहमति नभएपछि उनको अनसन जारी रहेको छ । बराल कुनैपनि अस्पतालमा नर्सलाई भोलेन्टियरको रुपमा राख्न नपाउने भन्दै अनसनमा छिन् । 

बरालको माग सम्बोधनकालागि आज नेपाल नर्सिङ संघका पदाधिकारी सहितको टोली स्वास्थ्य मन्त्रालय जाँदैछ । संघकी अध्यक्ष तारा पोखरेलले बरालको माग जायज रहेको र हाम्रो पनि माग रहेकोले आज मन्त्रालयमा वार्ताका लागि जान लागेको हाम्रो डक्टरसँगको कुराकानीमा बताइन् ।

शेर्पासँग आइतबार भएको सहमतिको मुख्य बुँदाहरुः
सरकारसँग भएको सहमतिका मुख्य बुँदाहरुमा केन्द्रमा करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्थायी गर्न स्वास्थ्य मन्त्रालयबाट प्राप्त नियमावलीको आधारमा सुरुमा प्राविधिक तर्फका पदहरुको विज्ञापन गरी परीक्षा सञ्चालन गर्न र प्रशासन तर्फको विज्ञापन तथा परीक्षाको लागि सम्बन्धित नियकालाई अनुरोध गर्ने, केन्द्रका लागि आवश्यक विभागहरु आइसियु तथा युरोलोजीमा लोक सेवा आयोगको परीक्षा सञ्चालन हुनु अगावै स्थापना गरी सेवा विस्तार गर्ने त्यसपछि कार्डियोलोजी, हेपाटोलाजी विभागलाई पनि क्रमिक रुपमा स्थापना गर्दै जाने, प्राविधिक तथा प्रशासनिक तर्फको परीक्षामा उमेर लगायत अन्य कुनै कारणले करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीले नियुक्ती नपाएमा विस्तारित विभागहरुमा खाईपाई आएको करार नियुक्तीलाई निरन्तरता दिने लगायतका रहेका छन् ।
 

Last modified on 2019-05-22 07:12:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts