मानसिक स्वास्थ्य अभियान सुरुः औषधि भन्दा अन्तर्क्रियामा जोड



Download our app to get more features

काठमाडौं, ७ जेठ । जगरनट माइन्डसेट मानसिक स्वास्थ्य अभियन्ता जगन्नाथ लामिछानेले मानसिक समस्या बारे अभियान सुरु गरेका छन् ।

उनले मानसिक समस्यालाई समाजले हेर्ने नकारात्मक दृष्टिकोण परिवर्तन गर्ने उद्देश्यले अभियान सुरु गरेका हुन् ।

जगरनट माइन्डसेटले तीन सातादेखि मानसिक स्वास्थ्यसम्बन्धी अभियान थालेको लामिछानेले जानकारी दिए ।

लामिछानेले यो अभियानलाई शशक्त ढंगबाट अगाडि बढाउन सबैको सहयोगको अपेक्ष गरेका छन् ।

उनका अनुसार अभियानले फेसबुक, युटुब र इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमार्फत् मानसिक रोगसम्बन्धी संवादमुलक सामग्री सार्वजनिक गरिरहेको छ ।

सामाजिक सञ्जालसहित महिनामा एक पटक सार्वजनिक बहस समेत सञ्चालन गर्ने उनले बताए ।  ‘घर–घरमा र समाजमा हुने मानसिक स्वास्थ्यलाई लिएर हुने विभेदपूर्ण व्यवहार र सोचाइ हटाउनु यो अभियानको  मुख्य उद्देश्य हो’, उनले भने ।

मानसिक समस्यालाई ठूलो समस्याको रुप लिए झनै बढ्दै जाने हुँदा यसको लागि व्यक्तिले व्यवहार परिवर्तन गर्नु पर्ने उनको भनाइ छ । 

यस्ता समस्यामा सकेसम्म औषधिको बानी पार्नु नहुने उनको सुझाव छ ।

‘जतिसक्दो सामाजिक अन्तक्रियालगायतका सक्रिय काम गरेर व्यवस्थापन गर्नुपर्छ ।

औषधिको आवश्यक नै परेको खण्डमा बाहेक सामान्य किसिमको मानसिक समस्यामा परिवारको स्याहार, सामाजिक व्यवहार, खानपान, व्यायामलगायत आफ्नो दैनिक क्रियाकलापले प्रभाव पर्दछ’ उनले थपे । 

स्वाथ्यमा १० प्रतिशत बजेट आवश्यक

सोमबार ललितपुरको यलमाया केन्द्रमा आयोजित कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेकपाका नेता सुरेन्द्र पाण्डेले मानसिक स्वास्थ्यको क्षेत्रमा बजेट बढाउन पर्ने बताए ।

उनले भने ‘स्वास्थ्य जस्तो संवेदनशील पाटोमा पाँच प्रतिशत मात्रै बजेट धेरै नै अपुग हुन्छ, यसमा कुल बजेटको १० प्रतिशत छुट्याउनुपर्छ ,’

सर्ने रोग (कम्युनिकेवल) को रोकथाम र उपचारमा पहिला बढी बजेट खर्च हुने गरेकोमा अहिले नसर्ने रोग (ननकम्युनिकेवल) मा चुनौती बढिरहेको उनको भनाइ छ ।

मानसिक रोग त्यसैको एक हिस्सा भएको पाण्डेले बताए । नसर्ने रोगको उपचार महंगो हुने रहेकोले उनले यस्तो रोग हुनै नदिन आग्रह गरे ।


 

Last modified on 2019-05-22 07:14:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts