बुटबलमा क्यान्सर अस्पताल स्थापनाका लागि ५० लाख संकलन  



Download our app to get more features

रुपन्देही ७ जेठ । बुटबलमा सामुदायिक क्यान्सर अस्पताल स्थापना हुने भएको छ । अस्पताल स्थापना गर्नका लागि आर्थिक सहयोग जटाउने कार्य सुरु भएको छ । निकट भविश्यमै स्थापना गरिने सामूदायिक सिमली क्यान्सर अस्पताल स्थापनाका लागि एक नव विवहाहित दम्पतिले ४ लाख सहयोग गरेको छ ।

काठमाण्डौ स्थायी घरभई हाल जर्मनमा कार्यरत इन्जिनियर संजोग भट्ट र बुटवल निवासी सिताक्ष अर्याल दम्पतिले आफ्नो विवाहमा टिकाटालाबाट जम्मा भएको चार लाख क्यान्सर अस्पताल निर्माणका लागि सहयोग गरे ।

सिमली दानपत्र मार्फत प्रदेश नम्बर पांचका सामाजिक विकास मन्त्री सुदर्शन बरालको रोहवरमा बुटवलमा पत्रकार सम्मेलन गरी उक्त रकम हस्तान्तण भएको हो । त्यस्तै बुटवल ११ मजुवा निवासी महेन्द्र अर्याल र लिला अर्यालले सामूदायिक सिमली क्यान्सर अस्पतालका लागि रु ४५ लाख हस्तान्तण गरे ।

सिमली फाउण्डेशन नेपालका अध्यक्ष महेन्द्र अर्याल र संरक्षक लिला अर्यालले आफ्नो सम्पतिबाट अस्पतालका लागि ४५ लाख सहयोग गरेका छन । त्यस्तै सिमली फाउण्डेशन नेपालले पनि सामूूदायिक  सिमली क्यान्सर अस्पातलाको लागि एक लाख सहयोग गरेको छ । अर्याल परिवार र  सिमली फाउण्डेशन नेपालले अस्पतालका लागि प्रदान गरेको ५० लाख रुपैंया अस्पतालको नाममा राखिएको छ ।

सामूदायिक क्यान्सर अस्पताल निर्माणमा सहयोग रकम सार्वजनिक गर्ने उद्वेश्यले आयोजित उक्त पत्रकार सम्मेलनमा बोल्दै प्रदेश नम्बर पांचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले क्यान्सर अस्पतालका लागि सहयोग गर्ने प्रतिवद्वता जनाए । कुनैपनि विकास गर्न, अस्पताल तथा विद्यालय स्थापना गर्न र सडक बनाउनका लागि राज्यको मात्र मुख ताक्न नहुने मन्त्री बरालको भनाई छ । समूदाय र सामाजिक असल व्यक्तिको सक्रियतामा पनि ठूलाठूला अस्पताल र विद्यालयहरु स्थापन गर्न सकिने उदाहरण दिंदै क्यान्सर अस्पतालका लागि सहयोग गर्ने अर्याल परिवारलाई धन्यबाद पनि दिए ।

बुटवल उपमहाननगरपालिकाकी उपमेयर गोमादेवी आचार्य र बुटवल १ का वडाध्यक्ष महेन्द्र लिगलले सामूदायिक क्यान्सर अस्पताल यस क्षेत्रमा आवश्यक भएको उल्लेख गर्दै बुटवलमा नै अस्पताल सन्चालनका लागि सक्दो सहयोग पुराउने प्रतिवद्वता जनाए ।

समिली फाउण्डेशन नेपालका सल्लाहाकार संयोजक तथा पूर्व जिल्ला शिक्षा अधिकारी डवल विसी र डाक्टर शिशिर अर्यालले बुटवलमा क्यान्सर अस्पताल खोल्नुको विकल्प नभएको बताउंदै सबैको साथ सहयोग, सुझाव लिएर अस्पताल निर्माणका लागि आर्थिक भौतिक र नैतिक रुपले सहयोग गर्ने प्रतिवद्वता जनाए ।

यस क्षेत्रमा क्यान्सर अस्पताल नभएकै कारण धेरै मानिसले उपचार गराउन पनि नपाइकन मृत्य भएको देख्दा आफ्नो सम्पति बेचेरै भएपनि अस्पतालको लागि सहयोग गरिएको अर्याल दम्पतिको भनाइ छ ।गुल्मीको साविक सिर्सनी गाविस काफलपाटाका महेन्द्र अर्यालको परिवार कपिलवस्तु हुंदै बुटवल झरेर सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । उनीहरुले जर्मनलाई कर्मथलो बनाएका छन। 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts