तराईका जिल्लामा गर्मी बढेसंगै सर्पदंशका बिरामी बढे



Download our app to get more features

वीरगन्ज, ८ जेठ । तराईका जिल्लामा गर्मी बढेसंगै सर्प दंशका घट्ना बढ्न थालेका छन् । पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा मात्रै दैनिक सर्पको टोकाइबाट उपचारका लागि आउने बिरामीको १० देखी १५ जना सम्म छन् । 

नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा अहिले पर्सा, बारा जिल्लाका विभिन्न ठाउँबाट सर्पको टोकाइको बिरामी बढी आउने गरेको छ । सबैभन्दा बढी गोमन र करेतको टोकाइबाट सिकिस्त भएका बिरामी उपचारका लागि आउने गरेको छन । उपचारको लागि दैनिक १० देखि १५ जना सर्प दंशका बिरामी आउने गरेका छन् । विषालु सर्पको टोकाइबाट सोमबार सखुवा प्रसौनी गाउँपालिका एकडरवाका १२ वर्षीय सागर साहको मृत्यु भएको छ । 

केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प प्वालबाट बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा समेत पसेर टोक्ने गरेको छ । सर्पले टोकेलगत्तै अस्पताल पु¥याएका केही बिरामीबाहेक प्राय उपचारपछि सकुशल घर फर्किने गरेका छन् भने बढी सिकिस्त परेकालाई तिन चार दिन सम्म अस्पतालमै उपचार गराई रहेका छन् । करेत सर्प घरवरपर,घरको छानो, ओछ्यानमा आउने हुनाले सकेसम्म भुईमा नसुत्ने तथा सुत्दा झुलको प्रयोग गर्ने झुलभित्र सर्प पस्न सक्दैन तर रातिमा बाहिर निस्कदा टर्च लिएर निस्कनुपर्ने डाक्टरको सल्लाह छ । 

विगत केही समय यताको बढ्दो गर्मीका कारण सर्प बाहिर निस्किने हुनाले जिल्लामा सर्पको टोकाइ बढ्दै गएको हो । सर्पले टोकेमा जति सक्दो चाडोँ अस्पताल पु¥याउनु पर्ने र प्राथमिक उपचारको लागि टोकेको भागभन्दा केहि तल नरम कपडाले बाँध्नु पर्ने चिकित्सकहरुको सुझाव छ । 
 

Last modified on 2019-05-23 06:07:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts