चिकित्सकलाई निशुल्क उपचार गर्ने विशेष योजना तर्जुमा गर्न नेपाल चिकित्सक संघको आग्रह



Download our app to get more features

काठमाडौं, ८ जेठ । चिकित्सकलाई निशुल्क उपचार गर्ने विशेष योजना तर्जुमा गर्न नेपाल चिकित्सक संघले सरकारलाई आग्रह गरेको छ । संघ द्धारा जारी विज्ञप्तिमा भनिएको छ, 'चिकित्सकलाई आइपर्ने विषमपूर्ण परिस्थितिमा निशुल्क स्वास्थ्य उपचार गर्ने विशेष योजना तर्जुमागर्न नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष पुन आग्रह गर्दछ ।' संघका आजीवन सदस्य डा. चन्द्र नारायण यादव एएमएल बाट ग्रसित भई हाल सिभिल सर्भिस अस्पताल बानेश्वर, काठमाडौंमा उपचार गराई रहेकोखवरले संघ परिवार स्तब्ध भएको जनाइएको छ । डा. यादवको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि नेपाल चिकित्सकसंघले स्वास्थ्य मन्त्रालय तथा सरोकारवालाहरुसँग समन्वयात्मक भूमिका निर्वाहगरिरहेको र संघको केन्द्रीय कार्यकारिणी समितिको मिति २०७६ जेठ ७ गतेको निर्णय अनुसार उनको स्वास्थ्यलाभका लागि आवश्यक सम्पूर्ण सहयोग गर्ने भएको छ ।

साथै डा. यादवको उपचारका लागि संघका आजीवन सदस्य तथा अन्य महानुभावहरु लाई आवश्यक सहयोग गरिदिनु हुन समेत अनुरोध गरिएको छ । नेपाल चिकित्सक संघले विगतमा स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेकाचिकित्सकहरुको निःशुल्क स्वास्थ्य उपचारका लागि नेपाल सरकार समक्ष पटकपटक आग्रह गरिरहेको जनाएको छ ।

Last modified on 2019-05-22 15:50:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts