अख्तियारले नियन्त्रणमा लिएको औषधि व्यवस्था विभागको फाइलमाथि अनुसन्धान जारी  



Download our app to get more features

काठमाडौं, १० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको औषधि व्यवस्था विभागको फाइलमाथि अनुसन्धान जारी रहेको आयोगले बताएको छ ।

अनियमितताको आशंकामा आयोगले झन्डै दुई हप्ता अगाडि विभागमा छापा मारेको थियो ।

जफत गरिएको उक्त फाइलमाथि आयोगले अनुसन्धान  गरिरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

विदेशी औषधि उद्योगको निरीक्षण र विशेष सिफारिसमा व्यापक अनियमितता गरेको देखिएको भन्दै अख्तियारले विभागका महत्वपूर्ण केही फाइल नियन्त्रणमा लिएको थियो ।

अख्तियार प्रवक्ता कोइरालाले भने ‘औषधिको आयात अनुमति, उद्योग दर्ता र उद्योगको अनुगमनमा अनियमितता भएको उजुरीका आधारमा छानबिन भइरहेको छ ।’

‘अनुसन्धानमा सहयोग पुग्ने केही कागजपत्र नियन्त्रणमा लिइएको छ’, तर अनुसन्धानको विधि र प्रक्रिया गोप्य नै रहन्छ’, उनले थपे । 

अनुसन्धान भइरहेकाले नतिजा कहिले आउँछ अहिलै भन्न नसकिने प्रवक्ता कोइरालाले बताए ।

विभागले विश्व स्वास्थ्य संगठनको औषधि उत्पादन कुशल अभ्यास (जीएमपी) मापदण्ड पूरा नगरेको देखिएको छ ।

भारतीय औषधि कम्पनी ओजन फर्मास्युटिकल्सको आयात अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा अनियमितता गरेकोलगायतका आरोप डीडीएमाथि लागेको छ ।

 

Last modified on 2019-05-25 06:25:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts