थाइराइडको असन्तुलनले बाझोपनदेखि आँखा बाहिर निस्कनेसम्म...

भिडियो सहित



Download our app to get more features

थाइराइडका बारेमा अझै पनि गलत बुझाई छ । यो गम्भीर प्रकृतिको रोग हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । थाइराइड भएपछि खाना खानै हुँदैन । बच्चा जन्माउनै हुँदैन जस्ता गलत बुझाई र सोचाईका कारण थाइराइडलाई आवश्यक्ता भन्दा बढी त्रास र भ्रमहरु पmैलाउने गरेको पाइन्छ । के हो त थाइराइड ? कस्ता लक्षण देखिन्छ ? यसलाई सन्तुलन राख्न के गर्ने ? मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा.सुनिल पोखरेल यसो भन्छन्...

के हो त थाइराइड ?
सामान्य भाषामा भन्दा थाइराइड एक प्रकारको ग्रन्थी हो । यो कुनै रोग हैन् । पहिले पहिले थाइराइडलाई गलगाड भनिन्थो । यसले शरीरलाई आवश्यक पर्ने हर्मोन निकाल्ने काम गर्छ । यो घाँटीको अगाडीको भाग वा रुद्रघण्टीको तल रहेको हुन्छ । थाइराइड ग्रन्थीले थाइरोक्सिन् टी ३ र  टी ४ हर्मोन उत्पादन गर्छ ।  यो हाम्रो शरीरमा धेरै आवश्यक छ । यसले हाम्रो शरीरलाई स्वस्थ राख्न वा मेटाबोलिजमलाई सन्तुलनमा राख्ने काम गर्दछ ।

थाइराइडमा असन्तुलन किन आउछ ?
विविध कारण थाइराइड हर्मोन आवश्यक्ता भन्दा कम वा बढी हुन्छ । यस्तो अबस्थामा शरीरमा धेरै प्रकारका समस्याहरु आउछन् । 

थाइराइडको असन्तुलन हुदा निम्न लक्षण देखिन्छ;
♦  अस्वभाविक तौल बढ्नु । 
♦  गलगाड आउनु ।
♦  घाँटी दुख्नु ।
♦  कसैलाई भोक धेरै लाग्छ भने कसैलाई खाना अरुची हुन्छ ।
♦   आलस्य हुनु ,थकाई लाग्नु ।
♦  महिलाहरुमा गर्भ नबस्नु ।
♦  गर्भ खेरजानु ।
♦  महिनावारी गडबड हुनु ।
♦  पुरुषहरुमा वीर्य कम हुनुको साथै यौनइच्छामा कमी आउनु ।
♦  गर्भाअबस्थामा हर्मोनको कमी हुदा बच्चा लुला,लंगाडा जन्मने संभावना बढी हुनु । 
♦  स्मरण शक्तिमा कमी आउनु ।
♦  आँखाको बाहिर निस्कनु ,पोल्नु,हेर्न अप्ठ्यारो हुनु ।
♦  मन थिर नहुनु ।
♦  बच्चाहरुमा थाइराइड भए विकास र वृद्धिमा असर पुग्नु ।  
♦  कपाल झर्ने । 
♦  अनिन्द्रा आदि ।

थाइराइड कम वा बढी हुने मुख्य कारणहरु यस्ता छन्:
थाइराइड हर्मोनको असन्तुलन यही कारणले हुन्छ भन्ने छैन् । यो शरीरको अटो इम्युनको कारणले हुने गर्दछ । यसको साथै वंशाणुगत गुण,क्यान्सर ,मुटु,मृगौला लगाएतका रोगको लामो समय औषधि सेवन गर्दा, रुघा खोकी लामो समय लाग्दा पनि यो थाइराइड हुनसक्छ । 

यी वर्गामा  थाइराइड हुने संभावना बढी हुन्छ:
थाइराइड सबै उमेर समुहका मानिसमा देखिन सक्छ । तुलानात्मक रुपमा पुरुषको तुलानामा महिलामा बढी हुन्छ । महिनावारी वा गर्भवतीको समयमा हर्मोनमा उतारचडाब आउने हुँदा थाइराइड हुने संभावना बढी रहन्छ । थाइराइड ग्रन्थीमा समस्या भयो भने थाइराइडको समस्या भएको भनिन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र हर्मोन कम हुनुलाई थाइराडिज्म भनिन्छ । 

थाइराइडबाट बच्न यस्ताकुरामा ध्यान दिनु पर्छ:
यो अटो इम्युन को कारणले हुने भएकाले सबै भन्दा पहिला के गर्दा थाइराइडमा समस्या आउँछ सो बुझनु पर्दछ । यी कुरा गर्यो भने थाइराइडबाट बच्न सकिन्छ भन्ने हुदैन् ।  
♦    चिनी लगाएत गुलियो कुरा कम खाने ।
♦   आयोडिनयुक्त नुन खानी ।
♦    स्वस्थ खानपानमा ध्यान दिने ।
♦    आँखामा बाहि निस्कने,दुख्ने ,पोल्ने समस्या आयो भने थाइराइडको परीक्षण गराइहाल्ने । 
♦    धुम्रपान मध्यपानको प्रयोग नगर्ने ।
♦    स्वस्थ व्यक्तिले पनि कम्तिमा वर्षको एक पटक थाइराइड परीक्षण गराउने ।
♦    कुनै पनि लक्षणको संका लागेमा तुरुन्त परीक्षण गराउने । 
♦    गर्भवती तथा दीर्घ रोगीहरुले चिकित्सको सल्लाहा बमोजिम थाइराइडको समय समयमा परीक्षण गराउने ।।।

Last modified on 2019-05-26 13:30:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts