के हो पेन म्यानेजमेन्ट ? कसरी गर्ने व्यवस्थापन



Download our app to get more features

पेन म्यानेज्मेन्ट क्लिनिक अरु सामान्य क्लिनिक जस्तै हो तर बिरामीको भने विशेष क्याटेगोरी हुन्छ । पेन म्यानेज्यमेन्टमा हरेक रोगको दुखाई जोडिएर आउँछ । तर, त्यो भन्दैमा सबै रोगको उपचार भने हुँदैन । 

जुन रोग उपचार गर्न बिरामी आएको सो निको भयो तर तर नयाँ खालको दुखाई तीन महिनासम्म पनि देखिइरह्यो भने पेन म्यानेजमेन्टको सहयोग लिनुपर्छ । ती समस्या भएका बिरामीलाई ओपीडिमा जाँच गरिन्छ जसलाई क्रोनिक पेन भनिन्छ । रोग निको भएसँगै दुखाई कम हुनु पर्नेमा दुखाई बाँकी रह्यो भने पेन म्यानेजमेन्टमा उपचार गर्नुपर्ने हुन्छ । जस्तै हात भाँचियो प्लाष्टर लगाएर हड्डी जोडियो तर हातमा दुखाई रहिरह्यो भने उपचार आवश्यक हुन्छ । लामो समयसम्म दुखाई हुँदा हातमा नै परिवर्तन आउँछ । उपचार नपाएमा नङ, छाला अर्को हातमा समेत दुखाई सर्नसक्छ । सो हात सुकेरे जाने पनि हुन्छ । यस्तो अवस्थाको दुखाईको उपचार पेन म्यानेजमेन्टमा गरिन्छ ।

दुखाईलाई कसरी कम गरिन्छ ?
सामान्यतया ९० प्रतिशत दुखाईका बिरामी ओपिडिमा आएपछि रोग अनुसारको औषधि खुवाउने गरिन्छ । आवश्यकता अनुसार ननफार्माकोलोजिकल टेक्निक एक्ससाइज, फिजीयोथेरापी, अक्कुपंचर, एकोप्रेसर गराउने गरिन्छ । यसले दुखाई कम हुन्छ औषधि खुवाएर मात्र नभएर कहिले कहीँ बिनाऔषधि आराम गरेर पनि रोग निको हुन्छ । एउटै रोग एउटै उमेरका मानिसमा पनि दुखाई फरक हुन्छ । कसैलाई कम दुख्छ कसैलाई बढी दुख्छ । दुखाईसँग दुई विषय जोडिएर आउँछन् । भावना र स्ट्रेस । यी दुईले एकअर्कालाई बढाउँछन् । 

कतिपय बिरामीलाई मानसिक तरीकाबाट पनि दुखाई भएको हुन्छ । उनीहरुलाई त्यही हिसाबले उपचार गर्नुपर्छ । पेन म्यानेजमेन्टको क्षेत्र व्यापक छ । खाली औषधि र सुईले मात्र उपचार गर्ने होइन । कतिलाई साइको थेरापीमा लानु पर्ने हुन्छ भने कतिलाई सामान्य उचारबाट पनि निको हुन्छ । 

दुखाईका उपचार 
ढाडको दुखाई ।
क्यान्सरको दुखाई ।
टाउको र घाँटीको दुखाई ।
जोर्नीको तथा बाथका कारण हुने दुखाई ।
ढाडको नशा च्याँपिएको दुखाई ।
घाँटीमा नशा च्यापिएको । 
जोर्नीको उपचार । 
वाथको इन्जेक्सनबाट उपचार । 
फ्राइबोमायोलीयाको उपचार । जुन मासुमा नै दुखाई हुने रोग हो ।

पेन म्यानेजमेन्ट डाक्टरका विशेषता
पेन म्यानेजमेन्टको क्षेत्र व्यापक छ । त्यसको पनि विभिन्न भागहरु छन् । निदान हस्पिटलको डाक्टरको काम भने इन्टरभेन्सनल पेन म्यानेजमेन्ट हो । इन्जेक्सनको माध्यमबाट जहाँ समस्या भएको छ त्यहाँ गएर दुखाईको उपचार गर्ने । पेन म्यानेजमेन्टको पनि विभिन्न तरीका छन् । 

Last modified on 2019-05-27 12:30:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts