आँखा पाकेका व्यक्तिलाई हेर्दैमा रोग सर्दैन (भिडियोसहित)    



Download our app to get more features

मानव शरीरमा आँखाको भूमिका महत्वपूर्ण छ । यसकारण आँखालाई स्वस्थ्य र निरोगी बनाई राख्न हरसमय सचेत हुनुपर्छ । सानो लापरवाहीले पनि आँखाको ज्योति सदाको लागि गुम्न सक्छ । 

अन्य मौषमको तुलनमा गर्मीयाममा आँखाजन्य समस्या बढी देखिन्छ । यो मौषममा हावाहुरी चल्ने हुँदा आँखामा धुँलोका कण पस्नुका साथै आकाशबाट पर्ने पानीमा पनि आँखा बिगार्ने तत्व हुन्छन् ।

धुँलो र फोहार पानीका कारण यो मौषममा आँखा पाक्ने समस्याले धेरैलाई सताउँछ । यस्तो अवस्था आउनै नदिन के गर्ने ? आँखामा समस्या भइहाले कसरी निको बनाउने भन्ने विषयमा नेत्ररोग विशेषज्ञ डा. दिपीका मल्होत्राको सुझाव यस्तो छ ः–

आँखा पाक्ने कारण 
आँखा पाक्ने एक प्रकारको सरुवा रोग हो । आँखाको सेतो भागमा संक्रमण हुँदा आँखा पाक्छ । यसबाहेक आँखाको एलर्जीले पनि आँखा पाक्नसक्छ । संक्रमित आँखामा जिवाणुले छिटो प्रवेश गर्छ । समयमै सावधानी नअपनाए आँखामा गम्भीर समस्या आउनसक्छ । 

आँखा पाक्नुअघि देखिने लक्षण
आँखा रातो हुने ।
आँखा बिजाउने ।
आँखा चिलाउने ।
आशु बग्ने ।
आँखाका परेला सुन्निने ।
संक्रमण लामो समयसम्म भए दृष्टि धमिलो हुने ।

आँखा पाक्दा हुने भ्रम
आँखा पाक्ने रोगबारे हाम्रो समाजमा धेरै भ्रम छ । आँखा पाकेका मानिसको नजिक जाने बितिकै सरिहाल्छ ।

उनीहरुसँग बोल्नु हुँदैन, सम्पर्कमा रहनु हुँदैन् । यस्तो सोचाई र व्यवहारले बिरामीमा एक्लोपनको महसुस गराई अझ तनाव बढाउँछ । 

तर यसो भन्दैमा बिरामीलाई सामान्य अवस्थामा जस्तै सँगै खाने, एक अर्कोलाई छुने, एउटै तौलिया, कपडा, सुत्ने ओछ्यान प्रयोग गर्दा आँखाबाट निस्कने फोहोर अर्को व्यक्तिको आँखामा पुग्न सक्छ र उसमा पनि आँखा पाक्न सक्छ ।

यसर्थ बिरामीले प्रयोग गर्ने सामग्रीहरु उसले मात्र प्रयोग गर्नुपर्छ । 

बच्ने उपाय:
आँखालाई सधै स्वस्थ राख्ने ।
सम्भव भएसम्म स्वच्छ वातावरणमा बस्ने । 
धुँवाधुँलोबाट बच्ने । 
आँखा नमाड्ने ।
पोषिलो खाना खाने । 
आँखा पाकेका व्यक्तिले प्रयोग गरेको तौलिया तथा लुगा, ओछ्यान प्रयोग नगर्ने । 
आँखामा समस्या आए अनुमानको भरमा औषधि प्रयोग नगर्ने । 
कुनै पनि समस्या या लक्षण देखिए तुरुन्त विशेषज्ञसँग परामर्श लिने ।

Last modified on 2019-05-27 16:31:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts