आँखाको नानीमा फुलो पर्नुका यस्ता छन् कारण



Download our app to get more features

काठमाडौं, १३ जेठ । नेपाल एक विकासोन्मुख कृषिप्रधान देश हो, जहाँ ९० प्रतिशत भन्दा बढी मानिसहरु गाउँमा बस्दछन् र कृषिमा निर्भर रहन्छन् ।

दैनिक कार्य मेलापात जाँदा बनपाखा धाउँदा र अन्य काम गर्दा आँखामा ठूलो, सानो घाउ चोटपटक लाग्छ ।

यसरी लागेको चोटपटकको समयमा सही उपचार नपाउनाले आँखाको नानीमा फुलो बस्छ र व्यक्ति अन्धो बन्न सक्छ ।

यसबाहेक आँखाको नानीमा फुलो पर्नुका कारण
आँखा पाक्नु
 दादुरा आउनु
टाइफाइड हुनु
बिफर तथा कुपोषण हुनु

आँखाको नानीको खराबीको कारणले अन्धो हुनेहरुमा प्रायः बच्चा र युवाहरुमा देखिन्छन् ।

नेपाल आँखा बैंक तिलगंगा आँखा केन्द्र

Last modified on 2019-05-27 20:30:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts