महिनावारी स्वच्छता दिवस

महिनाबारी ढिलो वा चाँडो किन हुन्छ ? जानौं...



Download our app to get more features

कुनैपनि महिलाको शरीरमा हार्मोनल परिवर्तनको सम्बन्ध उनको खानपान सँग सम्बन्धित हुन्छ । एक अध्ययनका अनुसार महिलाको आहारमा कार्बोहाइड्रेटको मात्रा धेरै भयो भने महिनावारी समय भन्दा पहिले हुन सक्छ ।
जुन महिलाले धेरै म्याकरोनी या भात खान्छिन् उनको समयभन्दा पहिले वा एक डेढ वर्ष पहिले नै महिनावारी सुरु हुन्छ । 

हुन त ब्रिटेनको यूनिभर्सटी अफ लीड्सले ९ सय  १४ जना महिलामाथि गरेको  एक अध्ययनका अनुसार  जुन महिलाहरु माछा, केराउ र विन्सको सेवन धेरै गर्छिन् उनको महिनावारी भने सामान्य रूपले ढिलो गरी हुन्छ ।
उसो त विशेषज्ञहरुका अनुसार महिनावारीको समय भन्दा पहिले या ढिलो हुनुमा खानपानमा होइन बरु विभिन्न कुरामा भर गर्छ । 

खानपानको असर
यो अध्ययन जर्नल अफ एपिडिमीयोलोजी एन्ड कम्युनिटी हेल्थमा प्रकाशित छ । अध्ययनमा महिलासँग उनको खानपानको बारेमा प्रश्न सोधिएको थियो । जो महिला रेसादार तरकारी धेरै खान्थिन् उनको महिनावारी ढिलो गरि भएको देखियो ।

देखिएको दुरी एक देखि डेढ वर्ष सम्मको थियो । त्यहि जो महिलाले धेरै कार्बोहाइट्रेडयुक्त आहार खान्थिन् उनका महिनावारी एक देखि डेढ वर्ष पहिले हुने देखियो । 

अध्ययनकर्ताले खानपान बाहेक अन्य प्रभावको बारेमा पनि अध्ययन गरे । जसमा महिलाको तौल, प्रजनन क्षमता र एचआरटी हार्मोनको महत्वपूर्ण भुमिका थियो महिनावारी समय भन्दा ढिलो वा चाँडो हुनेमा ।

हुन त यसलाई अनुवांशिक कारण मानिने गरिन्छ र यसको महिनाबारीमा सिधै असर पार्छ । अध्ययनकर्ताका अनुसार रेसादार तरकारीमा एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छन् र यसको असर महिनाबारी हुनेमा ढिलो गरी पर्छ ।

ओमेगा ३ फैटी एसिड हुन्छ र यो केवल माछाको तेलमा पाइन्छ । यसले पनि शरीरमा एन्टिअक्सिडेन्ट बढ्छ । अर्को तर्फ कार्बोहाइड्रेट इन्सुलिन प्रतिरोधकको खतरा बढ्छ ।

यसले सेक्स हर्मोनलाई पनि प्रभावित पार्छ र एस्ट्रोजनको मात्रा पनि बढाउँछ । यस्तो अवस्वथामा महिनाबारीको चक्र प्रभावित हुने र समय भन्दा पहिले हुने सम्भावना बढेर जान्छ । 

अध्ययनकर्ता जेनेट क्याडका अनुसार महिनाबारीको उमेर महिलाको स्वास्थ्यसँग जोडिएको हुन्छ । जुन महिलाको महिनाबारी समयभन्दा पहिले हुन्छ उनमा मुटु  र हड्डीको रोगको आशंका धेरै हुन्छ । त्यस्तै जो महिलाको महिनाबारी ढिलो गरी हुन्छ उनमा स्तन र गर्भाशयको क्यान्सरको आशंका बढी हुन्छ । 

काउली, हरीयो साग, बेसार, नारिवलको तेल जस्ता खाद्य पदार्थलाई महिलाको अंडाणुको गुणसँग जोडिने गरिन्छ । तर, यी खाद्य पदार्थ खाएर अंडाणुको गुणमा सुधार हुन्छ भन्ने हुँदैन । अंडाणुको गुणको सीधा सम्बन्ध अनुवांशिकीसँग हुन्छ ।

Last modified on 2019-05-30 06:22:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts