गाउँमा विशेषज्ञ चिकित्सक पुगेपछि स्थानीय हर्षित, ३ हजार बढिले गराए स्वास्थ्य जाँच



Download our app to get more features

रुपन्देही १५ जेठ । करिब ४ घन्टाको उकालो ओरालो बाटोमा पैदल हिँड्दै लिवासे आईपुगेका गौमुखी गाउँपालिकाका दुर्गम बस्तीका मानिसहरु घन्टौ लाईनमा बसेर डाक्टरलाई भेट्न पाउदा औधी खुसी देखिन्थे । 

जीवनको उत्तरार्धसम्म गाउकै डाक्टरसंग औषधि गर्दै आएका उनीहरु विशेषज्ञ डाक्टरलाई भने अधिकांशले पहिलोपटक भेटेका हुन् । गाउँघरमा खोलिएका मेडिकलमा सिएमए पढेका तथा स्वास्थ्य चौकीमा काम गर्ने कार्यलय सहयोगीलाई नै भएपनि डाक्टर मानेर औषधि मूलो गर्ने बाध्यता छ । 

पश्चिममा ढाडखानी पातीहाल्ना, उत्तरमा अर्खाको धूरी र पुर्वमा अग्लुंगको लेकको खोंचमा रहेको लिवासे स्थित पुजा स्वास्थ्य चौकीमा बिरामीहरुलाई सम्हाली नसक्नुको भीड थियो । 

दुईदिन सम्म चलेको शिविरले विशेषत पाका पुस्ताका बुबाआमालाई ठूलो राहत दिएको गाउपालिकाका अध्यक्ष विष्णु गिरीले बताए । अध्यक्ष गिरीले भने, ‘यो क्षेत्रमा पहिलो पटक सञ्चालित विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिवीरमा सेतै कपाल फुलेका, दांत झरेका बृद्धबृद्धाहरु पनि टाढा टाढाबाट आएर स्वास्थ्य चेकजांच भयो ।’

मुख्यमन्त्री ग्रामिण स्वास्थ्य कार्यक्रम अन्र्तगत युनिभर्सलक कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भैरहवा (युसीएमएस) को प्राविधीक सहयोग र गौमुखी गाउपालिकाको आयोजनामा सन्चालीत दुई दिने लिवासे शिविरमा ३ हजार ४ सय ३१ जनाको चेकजाच भएको थियो । स्वास्थ्य चेकजाच गरिएका मध्ये अधिकांशमा मुटु, दम, छाति र पेटको बिरामी देखिएको छ ।

शिविरमा ६ सय ७८ जनामा मुटु, दम, छाति र पेटको बिरामी देखिएको गौमुखी गाउपालिका स्वास्थ्य सहसंयोजक केशब के.सीले बताए । उनका अनुसार हाडजोर्नी तथा नशा सम्बन्धी ४ सय ९०, मानसिक ७५, मुख गिजा, दांतको १ सय ८५, पायल्स हर्नियाको २ सय ४०, महिला तथा प्रसुति ३ सय ७०, बालरोग सम्बन्धी १ सय १५ जनाले स्वास्थय सेवा लिएका थिए । 

शिवीरमा ३ सय जनाको  ईसीजि, ४ सय जनाको एक्सरे, ७८ जनाको भिडीयो एक्सरे ५ सय जनाको दिसापीसाब र रगत पनि जांच गरिएको थियो । 

बिहान ८ बजेदेखी राती ११ बजे सम्म निरन्तर सञ्चालित शिवीरमा युसीएमएस भैरहवाका प्रशासन व्यवस्थापक तेजकुमार के.सीको नेतृत्वमा रहेको चिकीत्सक, प्राविधीकको टोलीले गाउले जनतालाई दिएको सेवा अनुकरणीय देखिन्थ्यो । डा. मनोज कार्कि, डा. केएल जि.सी, डा.राजिब झा, डा. पदम गिरी लगायत २९ जनाको टिमले लिवासेमा स्वास्थय सेवा दिएको हो । 
 
 

Last modified on 2019-05-29 14:02:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts