विरगञ्जमा यो सिजन कै तापक्रम उच्च, अस्पतालमा बिरामीको संख्या बढ्यो



Download our app to get more features

पर्सा, १५ जेठ । तराई मधेशमा यो सिजनको अहिले सम्मकै तापक्रम उच्च भएपछि नागरिक प्रभावित बनेका छन् । 

पर्सा, बारा, धनुषा, रौतहट, सप्तरी सहितका जिल्लामा गर्मी बढेपछि अस्पतालमा बिरामीको संख्या पनि बढ्न थालेको छ ।

विरगञ्जमा यो सिजनै तापक्रम उच्च भएपछि बालबालिका र बृद्धबृद्धा बढि प्रभावित बनेका छन् ।

वायुमण्डलीय तापक्रम बढी रहँदा वीरगञ्जको तापक्रम यस सिजनकै सबैभन्दा बढी ४४ डिग्री सेल्सियस मापन गरिएको छ । केही दिनयता ह्वात्तै बढेको तामक्रमसँगै अस्पतालहरूमा बिरामीको घुँइचो बढ्न थालेको छ । 

वीरगञ्जस्थित नारायणी अस्पतालमा करिब एक सातादेखि झाडापखाला, आउँ तथा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । 

अधिकांश बिरामीहरुमा टाईफाइड, मलेरिया, झाडापाखाला, लु, आउँ र भाइरल ज्वरो भेटिने गरेको छ । गर्मी बढेपछि दैनिक ४० देखि ५० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेका छन् ।

अचानक बढेको गर्मीले बच्चाहरुमा समेत एलर्जी र खटिराको प्रकोप देखापर्न सक्ने भएकाले सचेत रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । 

Last modified on 2019-05-30 06:22:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts