आगामी आर्थिक वर्षका लागि बजेट आउँदैः स्वास्थ्यमा प्रस्तावित बजेट कति ?



Download our app to get more features

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक बर्ष २०७६ /७७ को लागि आज बजेट प्रस्तुत गर्दैछ । बुधबार अपरान्ह ४ बजे संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्नेछन् । 

आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा  कति बजेट आउला ? यो भने आज अर्थमन्त्री खतिवडाले गर्ने सम्बोधनपछि स्पष्ट रुपमा थाहा होला ।   

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो  आर्थिक बर्षका लागि ४० अर्वको बजेट प्रस्ताव गरेर अर्थ मन्त्रालयलाई पठाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रबहादुर श्रेष्ठले भने ‘स्वास्थ्यका क्षेत्रमा आवश्यक बजेट त ५० अर्ब रहेको छ, तर हामीले ४० अर्वको बजेट प्रस्ताव गरेका छौं ।’

प्रवक्ता श्रेष्ठकाअनुसार अर्थ मन्त्रालयले स्वास्थ्यका लागि यसपटक ३४ अर्ब ४० करोडको सिलिङ तोकेको छ । 

अघिल्लो वर्ष भने संघीय सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ३४ अर्व ८ करोड रकम छुट्याएको थियो ।

चालु आर्थिक वर्षका लागि  संघीय सरकारलाई ३४ अर्ब ८ करोड २३ लाख बजेट दिइएको थियो । त्यसैगरी, सात वटै प्रदेशका लागि ४ अर्ब १८ करोड ४७ लाख र स्थानीय तहका लागि कुल १८ अर्ब १५ करोड २७ लाख बजेट दिइएको थियो ।

चालु आर्थिक वर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायका लागि भने कुल ५६ अर्ब ४१ करोड ९७ लाख बजेट दिइएको थियो । त्यस बजेटमध्ये अहिलेसम्म पुँजीगततर्फ मात्रै ३२ प्रतिशत खर्च भएको छ।

Last modified on 2019-05-29 17:18:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts