स्वास्थ्यका कुन कार्यक्रममा कति पर्ला बजेट ? यस्ता छन् आगामी आर्थिक वर्षका निती तथा कार्यक्रम  



Download our app to get more features

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७६ ६७ को बजेट आज सार्वजनिक गर्ने भएको छ । अर्थ मन्त्री युवराज खतिवडाले अपराहन ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । 

सरकारले चालु आर्थिक वर्षको लागि संघिय सरकार मार्फत स्वास्थ्य क्षेत्रमा ३४ अर्व ८ करोड रकम छुट्याएको थियो । सरकारले चालुवर्षका लागि सार्वजनिक गरेका सबै कार्यक्रम अहिलेसम्म सुरु समेत भएका छैन् । यस अवस्था आगामी वर्षका लागि तय गरिएको कुन कुन कार्यक्रममा बजेट कति पर्ला भन्ने चासोको विषय बनेको छ । 

यस्ता छन् स्वास्थ्यका आगामि वर्षको निति तथा कार्यक्रम
 
-सामाजिक सुरक्षा योजनाबाट श्रमिक तथा कर्मचारीहरू औषधोपचार, स्वास्थ्य तथा मातृ स्वास्थ्य सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा,जेष्ठ नागरिक सुरक्षासम्बन्धी सेवाबाट लाभान्वित हुनेछन् । यस योजनाको दायरा क्रमशः बढाउँदै लगिनेछ ।

- सबै स्थानीय तहका वडा, स्वास्थ्य केन्द्र तथा सामुदायिक माध्यमिक विद्यालयमा ब्रोडव्याण्ड इन्टरनेट विस्तार गर्ने कार्य आगामी वर्षभित्र सम्पन्न गरिनेछ ।

- आगामी आर्थिक वर्षभित्र सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइनेछ । स्वास्थ्य बिमाले  समेट्ने आधारभूत उपचार सबै स्थानीय तहका स्वास्थ्य केन्द्रहरूबाट उपलब्ध गराइनेछ ।

- आगामी आर्थिक वर्षभित्र चिकित्सक सेवा नपुगेका स्थानीय तहहरूमा कम्तीमा एक चिकित्सकको व्यवस्था गरिनेछ,सबै स्थानीय तहका सबै वडाहरूबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।

- प्राथमिक अस्पतालहरूमा टेलिमेडिसिन तथा दूरचिकित्सा शिक्षा पद्धतिमार्फत२४ घण्टे आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।

- प्रत्येक प्रदेशको कम्तीमा एक अस्पतालबाट विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराई विशिष्टीकृत स्वास्थ्य सेवाका लागि काठमाडौं आउनुपर्ने बाध्यताको अन्त्य गरिनेछ। 

- केन्द्रीय स्वास्थ्य प्रयोगशालालाई अत्याधुनिक प्रविधियुक्त राष्ट्रिय निदान केन्द्रको रूपमा स्तरोन्नति गरिनेछ। तीन वर्षभित्र सातै प्रदेशमा अत्याधुनिक निदान केन्द्रहरू सञ्चालनमा ल्याइनेछ ।

- वीर अस्पताललाई अन्तर्राष्ट्रिय गुणस्तरका सबै विशिष्टीकृत सेवासहितको उत्कृष्टताको केन्द्रको रूपमा विकास गरिनेछ। आगामी वर्षभक्तपुरको दुवाकोटमा वीर अस्पतालको अत्याधुनिक भवननिर्माण कार्य गरिनेछ ।

- आधारभूतस्तरको खानेपानी सेवालाई आगामी आर्थिक वर्षमा ९२ प्रतिशत र चार वर्षभित्र शतप्रतिशत जनसङ्ख्याको पहुँचमा र्पुयाइनेछ। निर्माणाधीन खानेपानी आयोजनाहरू सम्पन्न गरी तराईका जिल्लाहरूमा आर्सेनिकमुक्त सुरक्षित खानेपानी उपलब्ध गराइनेछ।

- आयुर्वेद,पञ्चकर्म, युनानी, योग र प्राकृतिक चिकित्सालगायतका विशिष्टीकृत सेवा उपलब्ध गराउने व्यवस्था गरिनेछ।

-.स्वस्थ नागरिक, स्वस्थ समाज, स्वस्थ जीवन र त्यसका लागि स्वस्थ उत्पादन र स्वस्थ उपभोगको अवधारणालाई कार्यान्वयनमा ल्याइनेछ। टोलटोलमा नागरिकआरोग्य कार्यक्रम सञ्चालन गरिनेछ।
 

-.महिलाहरूमा बढ्दो सर्भाइकल क्यान्सर र स्तन क्यान्सरजस्ता रोगहरूको शीघ्र पहिचानको लागि निःशुल्क स्वास्थ्य परीक्षण र सर्भाइकल क्यान्सर विरूद्ध खोप कार्यक्रम कार्यान्वयनमा ल्याउनेछ।
 

- पश्चिम तराईमा स्वास्थ्य समस्याको रूपमा रहेको सिक्कल९सेल एनिमिया रोगको रोकथाम गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ। लामखुट्टेको टोकाइबाट फैलिने रोग नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी कदम चालिनेछ।
 

-.मौलिक हकको कार्यान्वयनबाट सबै नागरिकलाई शिक्षा, स्वास्थ्य, खाद्यान्न, रोजगारीको व्यवस्था गरी निरपेक्ष गरिबी अन्त्य गरिनेछ। अब नेपालमाकोही भोकै पर्दैन, भोकलेकोही मर्दैन।
 

-.दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरूकोहवाई उद्धार गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
 

-. देशभरका सबै सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्राहरूलाई सेनेटरी प्याड निःशुल्क उपलब्ध गराइनेछ।
 

- विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि आवश्यक पूर्वाधार विकास गरिनेछ ।


 

Last modified on 2019-05-29 17:18:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts