हेटौंडा उपमहानगरले सार्वजानिक स्थान वरपर हुने सूर्तिजन्य पदार्थ बिक्रिवितरणको अनुगमन गर्ने



Download our app to get more features

काठमाडौं, १५ जेठ । प्रदेश नं ३ को राजधानी समेत रहेको मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले सूर्तिजन्य पदार्थको बिक्रि वितरणमा कडाई गर्ने भएको छ ।

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी ऐन अनुसार सरकारी कार्यालय र सार्वजानिक क्षेत्रको एकसय मिटर आसपासमा सूर्तिजन्य पदार्थ बिक्रि वितरण गर्न नपाईने प्रावधानलाई कडाई गर्न अनुगमन थालिने भएको हो । उपमहानगरमा मंगलबार आयोजित सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि बुहपक्षीय पैरवी बैठकमा बोल्दै हेटौंडाकी उपप्रमुख मिना कुमारी लामाले १८ वर्ष मुनीका बालबालिकालाई सूर्तिजन्य पदार्थको प्रयोगमा निरुत्साहित गर्ने एवं सार्वजानिक क्षेत्रमा सूर्तिको बिक्रिवितरण नगर्न आफ्नो नगरले सूचना प्रकाशित गरेर नियमित अनुगमन थाल्ने प्रतिवद्धता व्यक्त गरिन् ।

स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको आयोजनामा भएको सो कार्यक्रममा स्थानीय सरकारका वडाध्यक्षहरुले पनि सूर्तिजन्य पदार्थको नियन्त्रण सम्बन्धी कानून पालना गराउन प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा केन्द्रका सूर्तिजन्य पदार्थ नियन्त्रण प्रशिक्षक डा. भक्त बहादुर केसीले सूर्तिजन्य पदार्थका कारण निम्तिने जोखिम सम्बोधन गर्न वर्षेनी राज्यको ४३ अरब खर्च भइरहेको भन्दै सबै स्थानीय तहले सूर्ति नियन्त्रण सम्बन्धी कानून कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सूर्तिजन्य पदार्थमा एकदिनमा एउटा मान्छेले झण्डै ६ किलो चामल आउने पैसा लगानी गरिरहेको तथ्यांक प्रस्तुत गर्दै डा. केसीले तत्काल सूर्तिजन्य पदार्थ नियन्त्रणमा सबैले हातेमालो नगरे यसले दीर्घकालमा राज्यले थेग्नै नसक्ने आर्थिक एवं सामाजिक क्षति निम्त्याउने तर्फ सचेत गराए ।

सो अवसरमा स्वास्थ्य पत्रकार मञ्चका केन्द्रिय कोषाध्यक्ष उद्धवराज भेटुवालले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्ने कानून कार्यान्वयनमा मञ्चले संस्थागत रुपमा नै पत्रकारलाई अभिमूखीकरण गर्ने तथा सूर्तिजन्य पदार्थ प्रयोगमा निरुत्साहित गर्ने सम्बन्धी सामाग्री प्रकाशन गर्दै आइरहेको बताए । कार्यक्रममा विभिन्न उपमहानगरका विभिन्न वडाका प्रतिनिधि, स्थानीय सरकारी एवं गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुले सूर्तिजन्य पदार्थका नियन्त्रण एवं नसर्ने रोगहरुको न्यूनिकरणमा राज्यले र गैरसरकारी क्षेत्रले गर्नुपर्ने भूमिका बारे बोलेका थिए ।

Last modified on 2019-05-29 17:17:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts