बजेट भाषण

गर्भवति तथा सुत्केरीको उद्दार गर्न २२ करोड विनियोजन 



Download our app to get more features

काठमाडौं, १५ जेठ । सरकारले राष्टपति महिला उत्थान कार्यक्रम निरन्तरता दिइने भएको छ । बुधबार सार्वजनिक गरेको बजेटमा यस कार्यक्रमले निरन्तता पाउने बताइएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले सार्वनजिक गरेको आर्थिक वर्ष २०७६ /७७ को बजेटमा हवाई माध्यमबाट गर्भवति र सुत्केरीको हवाइ उद्दार गर्न २२ करोड छुट्याइको जनाइएको छ । 

आमा र बच्चाको पोषण सुरक्षित गर्न गर्भअवस्था देखिनै प्रसूति सुरक्षा सेवा पुर्याइने छ । यसअन्तरगत गर्भवती जाच सेवा लिने र स्वास्थ्य संस्थामा सुत्केरी हुनको लागि प्रदान गरिने यातायात खर्चको लागि दुई अर्ब २२ करोडविनियोजन गरिएको छ । 

त्यसैगरी बाल स्वास्थ्य तथा पोषण कार्यक्रमको लागि ६ अर्व विनियोजन भएको छ । 

Last modified on 2019-05-29 17:44:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts