बजेट भाषण

स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण गरिने 



Download our app to get more features

काठमाडौं, १५  जेठ । अगामि आर्थिक वर्ष २०७६/०७७को बजेटमा स्तन तथा पाठेघरको मुखको क्यान्सर जस्तो घातक रागेको  निशुल्क  परीक्षणको व्यवस्था गरिएको छ ।

सवै स्वास्थ्य संस्थाबाट सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्न पनि बजेट विनियोजन गरिएको छ ।

हरेक स्थानीय तहका वडास्तरदेखि नै पूर्ण खोप सुनिश्ति गर्न कार्यालाई अभियानका रुपमा संचालन गरिने अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।  

साथै पाठेघरको मुखको क्यान्सर (सर्भाइकल) रोकथामका लागि सर्भाइकलविरुद्ध खोप कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको छ । हरेक प्रदेशको एक जिल्ला तोकि ७ जिल्लाबाट खोप लगाउने व्यवस्था गर्ने जनाएको छ। 
 

Last modified on 2019-05-30 06:23:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts