स्वास्थ्यका कुन कार्यक्रममा कति बजेट ?



Download our app to get more features

काठमाडौं, १५ जेठ । सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा स्वास्थ्यमा ६८ अर्व ७८ करोड रकम विनियोजन भएको छ । 
कुन कार्यक्रमको लागि कति विनियोजन गरिएको छ  ?
-आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गरिने भएको छ, 
-सबै नेपालीलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याइने छ र सबै बीमितलाई न्यूनतम गुणस्तर मापन गरिनेछ जसका लगि ६ अर्ब बिनियोजन गरिएको छ । 
-महिलामा हुने सर्भाइकल क्यान्सरका लागि खोपको व्यवस्था र निःशुल्क उपचारको व्यवस्थ्यालागि रकम विनियोजन  गरिएको छ । 
-विपन्न नागरिकलाई ८ प्रकारका रोगमा अनुदानका लागि २ अर्ब २० करोड विनियोजन गरिएको छ । 
-आमा र बच्चाको पोषण सुनिश्चित गर्न गर्भावस्ता देखिनै प्रसूति सुरक्षा सेवा पुरयाउइनेछ । यस अन्तरगर्त गर्भवती जाँच सेवा लिने र स्वास्थ्य संसथमा सुत्केरी हुनेका लागि प्रदान हुने यातायात खर्चका लागि रु २ अर्व २२ करोड विनियोजन 
-बाल स्वास्थ्य तथा पोषण कार्यक्रमका लागि रु ६ अर्व बिनियोजन 
-मुलुक भरका करीब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै उनीहरुको कार्यलाई थप प्रोत्साहन गर्न बार्षिक रुपमा उपलव्ध गराउदै आएको यातायात खर्च स्वरुप बार्षिक ३ हजारका दरले उपलव्ध गराउन रु १५ करोड विनियोजन 
-पश्चिम तराईमा रहेको सिकलसेल एनिमिया रोकथाम गर्न विशेष कार्यक्रमका लागि बजेट विनियोजन 
-क्षयरोग एडस तथा यौन रोग र कुष्टरोग नियन्त्रण कार्यक्रमका लागि रु १ अर्व ८२ करोड विनियोजन 
-सबै प्रदेशमा कम्तिमा एक अस्पतालबाट विशिष्टीकृत सेवा प्रदान गर्ने नीति अनुरुप कोशी अस्पताल भरतपुर अस्पताल,नारायणी उपक्षेत्रीय अस्पताल,भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रीय अस्पतालको स्तरोन्नती गर्न रु १ अर्व बिनियोजन 

-कम्तिमा एक गाउँ एक चिकित्सक उपलब्ध गराउन ५ अर्ब विनियोजन

-रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न लागि ४० करोड विनियोजन 
-केन्द्रिय स्वास्थ्य प्रयोगशालाका लागि आवश्यक पूर्वाधारका लागि व्यवस्था मिलाईने छ 
-सार्वजनिक स्थल र सार्वजनिक यातायातमा सुर्तीजन्य पदार्थ निशेध गरिनेछ ।
-वीर अस्पताललाई अन्तराष्ट्रिय स्तरको विशिष्ठकृत सेवा सहितको उत्कृष्ठता केन्द्रको रुपमा विकास गरिनेछ । भक्तपुरको दुवाकोटमा वीर अस्पतालको सेवा विस्ताररका लागि आगामी आवमा विस्तृत अध्ययन सम्पन्न गरी आधुनिक भवनको निर्माण कार्य अघि बढाउन रु ४० करोड विनियोजन 

-७० वर्षभन्दा बढि उमेरका नागरिकलाई १ लाख निःशुल्क स्वास्थ्य बीमा
र सामान्य व्यक्तिका लागि पनि १ लाखको बीमा गरिएको छ । 

देशैभरका सामुदायिक विद्यालयका छात्राका लागि सेनेटरी प्याड निःशुल्क बितरण गर्ने व्यवस्था गरिने 

देशैभरका सामुदायिक विद्यालयका छात्राका लागि सेनेटरी प्याड निःशुल्क बितरण गर्ने व्यवस्था गरिने भएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेटमार्फत सरकारले सो कार्याका लागि यथेष्ट बजेट बिनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

Last modified on 2019-05-30 16:43:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts