१२ अर्बले स्वास्थ्यको बजेट बढ्योः ३ वर्ष भित्र सबै प्रदेशमा अत्याधुनिक राष्ट्रिय निदान केन्द्र



Download our app to get more features

काठमाडौं, १६ जेठ । सरकारले आर्थिक वर्ष २०७६÷७६ लागि स्वास्थ्य तथा जनसंख्या क्षेत्रका लागि रु ६८ अर्ब ७८ करोड बजेट विनियोजन गरिएको छ ।

जुन गत वर्षको भन्दा झन्डै १२ अर्बले बढि छ । यो कुल बजेटको ४ दशमलव ४८ प्रतिशत हो । सरकारले गत वर्ष स्वास्थ्य तथा जनसंख्या क्षेत्रका लागि ५६ खर्ब ४१ करोड ९७ लाख बजेट विनियोजन गरेको थियो । 

सरकारले कतिपय गत वर्षकै योजनालाई यसवर्षपनि निरन्तरता दिएको छ । एक स्थानीय तह एक चिकित्सक पुर्याउने सरकारको कार्यक्रमले यसवर्ष पनि निरन्तरता पाएको छ ।

 सबै नेपालीलाई स्वास्थ्य बीमाको पहुँचमा पुर्याउनका लागि र गुणस्तरीय स्वास्थ्य बीमा उपचारका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ । जस अन्र्तगत गरिब र विपन्न तथा ७० वर्षभन्दा बढि उमेरका नागरिकको एक लाख सम्मको बीमा सरकारले नै गरिदिनेछ ।

निर्माणाधिन अस्पतालको भवन निर्माणको काम सम्पन्नका लागि ५ अर्ब ५७ करोड र १५ शय्याको प्राथमिक अस्पताल स्तरोन्नतीका लागि रु १ अर्ब २६ करोड बजेट विनियोजन गरिएको छ । 

सिरहामा क्यान्सर अस्पताल निर्माण गरिने छ । बीपि कोइराला क्यान्सर अस्पतालको विस्तारित सेवा प्रवाह गर्न, सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालन, जीपि कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रको सेवा सञ्चालन गरिनेछ । जसका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मानव अंगको म्याचिगं टेस्टको स्थापना गर्न विशेष बजेट विनियोजन गरिएको छ । 

राष्ट्रिय स्वास्थ्य प्रयोगशालालाई अत्याधुनिक प्रविधियुक्त राष्ट्रिय निदान केन्द्रको रुपमा स्तरोन्नति गरिनेछ । ३ वर्ष भित्र सबै प्रदेशमा अत्याधुनिक राष्ट्रिय निदान केन्द्रको स्थापना गरिनेछ ।

आधुनिक चिकित्साका बाहेक आयुर्वेद, होमियोप्याथि, युनानी, अकुपञ्चर, आम्चे र प्राकृतिक चिकित्सा जस्ता वैकल्पीक चिकित्सा पद्धतिको विकास र अनुसन्धानमा दिइनेछ । 

प्राथमिक अस्पतालहरुमा टेलिमेडिसिन शिक्षा पद्धति मार्फत २४ सै घन्टा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।

टोल टोलमा नागरिक आरोग्य कार्यक्रम आयोजना गरिनेछ । 
 

Last modified on 2019-05-30 16:43:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts