सूर्तिजन्य पदार्थमा बढ्यो कर, सार्वजनिक स्थान र यातायातमा सूर्तिजन्य पदार्थ सेवनमा निषेध



Download our app to get more features

काठमाडौं, १६ जेठ । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले चुरोट तथा सूर्तिजन्य पदार्थमा कर बढाएको जानकारी दिए । 

आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा उनले मदिरा, चुरोट तथा सूर्तिजन्य पदार्थको कर बढेको जानकारी दिए । तर, यी क्षेत्रमा कति कर बढाइएको छ भन्ने कुरा खुलाइएको छैन । 

मन्त्री खतिवडाले जनस्वास्थ्यमा असर गर्ने मदिरा, चुरोट तथा सूर्तिजन्य पदार्थको कर बढाइएको बताए ।

चालु आर्थिक वर्षमा सरकारले चुरोटका उत्पादन र बिक्रिमा प्रति खिल्ली २५ पैसा स्वास्थ्य जोखिम कर पनि लगाएको छ ।

विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थको कर ७० प्रतिशत भन्दा बढी हुनुपर्ने बताउँदै आएको छ । नेपालमा पनि संगठनले भने अनुसार नै कर बृद्धि गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आएको छ ।

साथै सरकारले सबै सार्वजनिक स्थान र सवारी साधनमा धुम्रपान र मद्यपान सेवनलाई पूर्ण रुपमा रोक निषेध गरेको छ । 

Last modified on 2019-05-30 16:44:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts