तिलोत्तमा नगरपालिकाको नीती तथा कार्यक्रम ‘स्वस्थ नगरबासी : स्वस्थ नगर’



Download our app to get more features

रुपन्देही १६ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वार्षिक नीती तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबारबाट सुरु भएको पाँचौं नगरसभाको पहिलो बैठकमा चालु आर्थिक वर्षका अधिकांश कार्यक्रमलाई निरन्तरता दिँदै नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।  

नगरसभा सदस्य, राजनीतिक दल, विभिन्न संघ–संस्था तथा सरोकारवालाहरुको उपस्थिति रहेको नगरसभा उद्घाटन कार्यक्रममा नीती तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख बासुदेव घिमिरेले आगामी आर्थिक वर्ष तिलोत्तमा नगरको लागि ‘तीव्र विकासको वर्ष’ हुने बताए ।
 
नगरप्रमुख  घिमिरेद्धारा  प्रस्तुत निति कार्यक्रममा स्वास्थ्यलाई प्राथामिकतामा राखिएको छ । ‘स्वस्थ नगरबासी - स्वस्थ नगर’ भन्ने नाराका साथ गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्ने कार्यमा नगरपालिका क्रियाशील रहने उल्लेख गर्दै नगर प्रमुख घिमिरेले स्वास्थ्य चौकीमा रहेका प्रयोगशालाहरुको दिगोपनको लागि प्रयोगशाला व्यवस्थापन कोष खडा गरी सेवालाई निरन्तरता प्रदान गरिने र रक्तसेवा सहयोग कार्यक्रम मार्फत रगत प्राप्त गर्दा लाग्ने ल्याव शुल्कको शोधभर्ना दिइने बताए ।


 

Last modified on 2019-05-30 11:36:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts