स्थानीय सरकारले एम्बुलेन्स खरिद गर्दा अब एक प्रतिशत मात्रै भन्सार महसुल लाग्ने



Download our app to get more features

काठमाडौं, १६ जेठ । स्थानीय सरकारले एम्बुलेन्स खरिद गर्दा भन्सार महसुलमा छुट हुने भएको छ ।

सरकारले आर्थिक वर्ष २०७६/०७७ बजेट प्रस्तुत गर्दै अब स्थानीय सरकारले एम्बुलेन्स खरिद गर्दा एक प्रतिशत भन्सार महसुल लाग्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा गाउँपालिका, नगरपालिाका तथा उपमहानगरपालिका र महानगरपालिकाले आयात गर्ने दुई, तीन र चार थान एम्बुलेन्समा एक प्रतिशत भन्सार महसुल लाग्ने भएको हो । 
 

Last modified on 2019-05-30 16:44:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts