विदुषी योगमाया आयुर्वेद विश्व विद्यालयको स्थापना गरिने

जडिबुटि प्रशोधन केन्द्रको स्थापना गर्दै सरकार



Download our app to get more features

काठमाडौं, १६ जेठ । नेपाललाई उच्च शिक्षाको गन्तव्य बनाउनका लागि विश्व विद्यालयको स्थापना र सञ्चालनमा एक रुपता ल्याउन विश्व विद्यालय छाता ऐन ल्याइने भएको छ ।

विदुषी योगमाया आयुर्वेद विश्व विद्यालयको स्थापना गरिने भएको छ । 

विश्व विद्यालय स्थापनाका लागि आवश्यक पूर्वाधार विकास र मदन भण्डारी प्रौद्योगिक विश्व विद्यालय स्थापना लागि बजेट विनियोजन गरिएको छ ।

यसका साथै सरकारले मानसिक रोगी, टुहुरा बालबालिका, अटिजम भएका व्यक्तिहरुको सुरक्षा र हेरचाह गर्ने संस्थाहरुलाई निश्चित कार्यविधिका आधारमा अनुदान दिने सरकारले घोषणा गरेको छ । 

यस्तै आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्ष घोषणा गरी जडिवुटिको विरुवा रोप्ने काम अघि बढाईने सरकारको बजेटमा उल्लेख गरिएको छ । जडिबुटि जन्य वनस्पतिको प्रकार विकास गरि कार्यक्रम मार्फत उपयुक्त प्रविधि र प्रजातिको पहिचान र विस्तार गरिनेछ । ८ सय भन्दा प्रकारका जडिबुटि पाइने नेपालमा जडिबुटि उत्पादन तथा प्रशोेधन केन्द्र कम्पनीमा रुपान्तरण गरिनुका साथै सम्भाव्य प्रदेशमा न्यूनतम जडिबुटि प्रशोधन केन्द्रको स्थापना गरिनेछ ।

यसैगरि बढ्दो प्रदूषणका कारण नसर्ने रोगको जोखिम बढ्दै गएपछि सरकारले प्रदूषण नियन्त्रण एवं नियन्त्रणका लागि सापेक्ष रुपमा वातावरणीय मापदण्डहरु परिमार्जन तथा निर्माण गरी प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउने भएको छ । यस्तै पछिल्लो समय जलवायू परिवर्तका कारण मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्न थालेपछि राष्ट्रिय तथा स्थानीय स्तरमा जनवायु परिवर्तन अनुकूल तथा न्यूनीकरणका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

Last modified on 2019-06-02 06:14:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts