शल्यक्रियाले महिलाको प्राकृतिक रुपमा शिशु जन्माउने गुण नासिदै, कुन अस्पतालमा कति हुन्छ शल्यक्रिया 



Download our app to get more features

काठमाडौं, १६ जेठ । कामकाजी, सम्पन्न र शहरी क्षेत्रका महिलामा शल्यक्रियामार्फ बच्चा जन्माउने क्रम बढ्दो छ । यो अप्राकृतिक बाटोबाट बच्चा जन्माउँदा तत्काल सहज भए पनि कालन्तरमा यसले बिकराल अवस्था निम्तन सक्ने चिकित्सकहरुको चेतावनी छ । 

प्रवस पीडा सहन सक्ने आत्माविश्वास नभएको महिलाले डाक्टरलाई शल्यक्रिया गरिदिन भन्ने गरेको चिकित्सकहरु सुनाउँछन् । सामान्यतया आमा र बच्चाको अवस्था जटिल भएमा मात्र शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । शल्यक्रिया गरि बच्चा जन्माउँदा आमा र बच्चामा पर्ने दीर्घकालिन समस्याको बारेमा सोच्न आवश्यक रहेको महिला स्वास्थ्य अधिकारकर्मीहरु बताउँछन् ।

महिला अधिकारकर्मी तथा डाक्टर लक्ष्मी तामाङले सि–सेक्सनबाट बच्चा जन्माउँदा त्यसबाट पर्ने असरबारे कसैले नसोचेको बताइन । उनका अनुसार कुनै पनि अस्पतालमा महिलाका कारण ५ प्रतिशत र बच्चाका कारण ५ प्रतिशत शल्यक्रिया हुनुपर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुनै पनि अस्पतालमा १५ प्रतिशत भन्दा बढी प्रसूति शल्यक्रियामार्फत गर्नु राम्रो नमानिने उनले जानकारी दिइन् । 

नेपालका कतिपय अस्पतालले आर्थिक लाभको प्रलोभनमा परि गर्भवती महिलालाई अप्राकृति सुत्केरी व्यथा लगाएर शल्यक्रिया गर्ने गरेको पनि स्वास्थ्य अधिकारकर्मी बताउछन् । जसले गर्दा विस्तारै प्राकृतिक रुपमा बच्चा जन्माउने प्रबृति लोभ हुन सक्ने छ ।

देशका सबै शहरी क्षेत्रका अस्पतालमा सिसेक्सनबाट बच्चा जन्माउने प्रवृति बढिरहेको छ । अस्पतालहरुमा २० देखि ८१ प्रतिशतसम्म सि–सेक्सनबाट बच्चा जन्माइन्छ । 

चालु आर्थिक वर्ष ०७५/०७६ को चैतसम्म कुन अस्पतालमा कति महिलाले शल्यक्रियाबाट बच्चा जन्माए (प्रतिशतमा)

कोसी अञ्चल अस्पताल २५ 
जनकपुर अञ्चल अस्पताल २७ 
नारायणी उपक्षेत्रीय अस्पताल १६
भरतपुर अस्पताल ३७
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल  २९
पश्चिम क्षेत्रीय अस्पताल २६
लुम्बिनी अञ्चल अस्पताल २७ 
भेरी अञ्चल अस्पताल १८ 
राप्ति अञ्चल अस्पताल २०
मध्य पश्चिम क्षेत्रीय अस्पताल १९
सेती अञ्चल अस्पताल २५

कस्तो अवस्थामा गर्नुपर्छ शल्क्रिया 
पेटभित्र रहेको बच्चाको नाँभीको पाठेघरमाथि बस्नुपर्नेमा तल निस्केमा 
बच्चा ठूलो भएमा 
बच्चाले दिसा खाएमा
लामो समयसम्म सुत्केरी व्यथा लागेमा 
बच्चाको मुटुको धड्कन तलमाथि भएमा (यस्ता समस्या देखिएमा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ) 

डा. तामाङका अनुसार शल्यक्रिया बच्चा र आमा दुबैका लागि राम्रो हुँदैन । शल्यक्रियाबाट जन्मेको बच्चामा थाइराइड र दम जस्ता नसर्ने रोगको जोखिम बढि हुने विभिन्न अनुसन्धानले देखाएको तामाङले बताइन् । नर्मल डेलिभरीबाट जन्मेका बच्चामा ७.९ प्रतिशत दम रोग लाग्ने जोखिम हुन्छ भने शल्यक्रियाबाट जन्मेको बच्चामा ९.५ प्रतिशत जोखिम बढी हुन्छ । 

Last modified on 2019-06-02 06:15:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts