विश्व धुम्रपानरहित दिवस

स्वस्थ जीवनका लागि 'धूमपान' त्यागौं 



Download our app to get more features

चुरोट, बिंडी, सिगार, हुक्का, खैनी आदि सबैको सेवन ध्रूमपान हो ।

यिनीहरू जुनसुकै तरिकाले प्रयोग गरे पनि स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छन् । तपाईं पनि यस्ता अम्मलको प्रयोग गर्दै हुनुहुन्छ भने तत्काल बन्द गर्नुहोस् । स्वास्थ्य सुरक्षाका लागि सबैभन्दा ठूलो र महत्वपूर्ण निर्णय गर्नु भनेकै ध्रूमपान सेवन बन्द गर्नु हो । 

कति मानिसले सेवन गर्छन् 
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार संसारभर ११ करोड मानिसले चुरोट सेवन गर्छन् । तीमध्ये प्रत्येक वर्ष ६० लाख मानिस सुर्तीजन्य पदार्थ सेवनकै कारण मर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या एक करोड पुग्ने अनुमान गरेको छ ।मुटु र रक्तनलीसम्बन्धी रोगमध्ये २५ प्रतिशत ध्रूमपानका कारण हुने गरेको छ । जसमध्ये १० प्रतिशत चुरोटसेवनले मात्र गर्छ । ३० देखि ५० वर्ष उमेर भएका चुरोटसेवनकर्तालाई हृदयघातको सम्भावना चुरोट सेवन नगर्नेमाभन्दा पाँचगुणा बढी हुन्छ । अमेरिकामा पाँचमध्ये एक व्यक्तिको मृत्यु चुरोटसेवनले हुने गरेको अध्ययनहरूले देखाएका छन् । नेपालमा प्रत्येक वर्ष १७ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थ सेवनकै कारण हुने गरेको छ । 

हृदयघात 
धूमपानले रक्तनलीको भित्री भागमा कोलेस्ट्रोल जम्मा गराउँछ । यसले रगतलाई बाक्लो बनाई जम्ने सम्भावना गराउँछ । मुटुको रक्तनली साँघुरो बनाउँछ । सुर्तीजन्य पदार्थमा अत्यधिक निकोटिन हुने हुँदा मुटुको धड्कन र रक्तचाप बढाउँछ ।
चुरोट सेवन गर्नेको उच्च रक्तचाप कम गर्न पनि समस्या हुन्छ । चुरोट सेवन गर्नेमा हृदयघातको सम्भावना दुईदेखि चारगुणा बढी हुन्छ । यी सबै कारणले रक्तसञ्चारमा बाधा पु¥याई हृदयघात गराउँछ ।
फोक्सोको क्यान्सर
चुरोट सेवन गर्ने मानिसलाई फोक्सोको क्यान्सर हुने सम्भावना सामान्य मानिसको भन्दा महिलामा १३ गुणा र पुरुषमा २३ गुणा बढी हुन्छ । फोक्सोबाहेक रगत, घाँटी, मुख, आन्द्रा, पाठेघर, स्तन, पिसाबथैली, मृगौलाजस्ता अंगमा पनि क्यान्सरको खतरा बढी हुन्छ । 

अन्य असर
सुर्तीजन्य पदार्थ सेवन गर्नेमा मस्तिष्कघातको सम्भावना दुईदेखि चारगुणा बढी हुन्छ । सुर्तीजन्य पदार्थ सेवन गर्नेमा दमबाट मृत्यु हुने सम्भावना १२ देखि १३ प्रतिशत हुन्छ । महिलाले सुर्तीसेवन गरे, बाँझोपन, पटक–पटक गर्भपतन हुने, वजन कम भएको बच्चा जन्मने, बच्चाको अचानक मृत्युको सम्भावना हुन्छ । हड्डी कमजोर भई सामान्य ठक्करबाट पनि हड्डी भाँचिन सक्छ । 

चुरोट छोड्दाका फाइदा

  • चुरोटसेवन बन्द गर्नेबित्तिकै हृदयघात र मस्तिष्कघातको सम्भावना कम हुँदै जान्छ । क्यान्सर र फोक्सोसम्बन्धी रोगको सम्भावना कम गराउँछ । केही अध्ययनले चुरोट छोडेको १० वर्षमा हृदयघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै पनि सेवन नगरेको व्यक्ति जस्तै हुने देखाएको छ ।
  • केही हप्तामा नै थकाइ कम भएको महसुस हुँदै जान्छ । 
  • बिहान उठ्दा ताजा र राम्रो महसुस हुन्छ । 
  • रक्तसञ्चारमा सुधार भएर हिँडडुलमा सजिलो महसुस हुन्छ ।
  • स्वाद र सुंघ्ने क्षमतामा सुधार भई खानामा रुचि बढ्छ ।
  • शरीरबाट चुरोटको दुर्गन्ध आउँदैन र श्वासको गन्ध पनि राम्रो हुन्छ ।
  • चुरोटको धुवाँले खानेलाई मात्र नभएर अरूलाई समेत हानि पुर्याउने हुँदा चुरोट बन्द गर्दा अरूको स्वास्थ्यमा पनि फाइदा पुग्छ । 
Last modified on 2019-05-31 13:09:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts