विश्व सुर्तिजन्य पदार्थ रहित दिवस

सूर्तिजन्य पदार्थको प्रयोग विरुद्ध यसरी भेला भए अभियन्ताहरु (फोटोफिचर)



Download our app to get more features

काठमाडौं, १७ जेठ । हेरक वर्ष मे ३१ को दिनमा विश्व सुर्तिजन्य पदार्थ रहित दिवस अन्तराष्ट्रियस्तरमा सूर्तिजन्य पदार्थ सेवनको नियन्त्रणका विषयमा विभिन्न कार्यक्रम  गरी मनाइन्छ ।

यही दिवसको अवसरमा आज राष्ट्रिय स्वास्थ्य शिक्षा तथा संचार केन्द्र टेकुले प्रभातफेरी गरेको छ । प्रभातफेरि विहान ७ बजे विरअस्पतालबाट सुरु भई केन्द्रकै कार्यालयअगाडि गएर सम्पन्न भएको थियो ।

धुम्रपान तथा सूतिजन्य पदार्थको सेवनले प्राण लिन्छ भन्ने मूल नारासहित धुम्रपान तथा सूर्तिसेवनले मस्तिष्कघात हुन्छ, सुतिजन्य पदार्थ होइन स्वास्थ्य रोजौं लगायतको प्लेकार्ड सबैले हातहातमै    लिएका थिए ।

उक्त प्रभातफेरी कार्यक्रममा करिब १०० जना अभियान्ताहरुको उपस्थिती रहेको थियो । प्राभतफेरीमा समुदाय–प्रहरी साझेदारी, सामुदायिक प्रहरी सेवा केन्द्र, कुलेश्वरको पनि उल्लेखनिय भूमिका रहेको थियो ।

Last modified on 2019-05-31 13:09:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts