मिर्गाैलापीडित थारुद्धारा जीवन बचाईदिन अपिल



Download our app to get more features

रुपन्देही १७ जेठ । तिलोत्तमा  नगरपालिका –१४ स्थित खैरिया रुपन्देहीका मिर्गाैला पिडित त्रिवेणी थारुको परिवारले  जिवन बचाईदिन  अपिल गरेका छन । 
मृर्गाैलाको उपचार र डायलोसिस गर्दा  आफूसंग भएको ५ कट्ठा जमिन पनि सकिएपछि उपचारको लागि सहयोग गरिदिन आग्रह गरेका छन् । उपचारमा अहिले सम्म ३० लाख भन्दा वढि खर्च भएको पिडित थारुले बताए ।

थारुको  बुवा, आमा, श्रीमती र २ भाई छोरा छन । घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको थारुको छोरा खेम थारुले बताए । बुवाको उपचार गर्दा पैसा सकिएपछि आफूहरुले अध्ययनलाई पुरा गर्न नसकिएको उनले बताए ।

४५ वर्षिय थारुको  ५ वर्षदेखी दुवै मिर्गाैलाले काम गर्न छाडेको छ ।   डायलोसिस सरकारले निशुल्क गरिदिएपनि अन्य औषधिको खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको थारुले बताए । उनले भने –कहिबाट सहयोग नपाए त्यो पनि बन्द हुने अवस्थामा छ ।’ 

त्रिवेणी थारुको जिवन रक्षाका लागि तिलोत्तमाका समाजसेवीले अभियान संचालन गरेका छन । तमु विद्यार्थी संघका अध्यक्ष समेत रहेका स्थानिय संञ्जय गुरुङको संयोजकत्वमा ५१ सदस्यीय अभियान टोली वनाईएको छ ।

अभियानले आर्थिक संकलनको काम शुरु गरिसकेको छ । आदीवासी जनजाति महासंघ प्रदेश नं ५का सचिव मनोज रानाले सानो सानो सहयोगले चौधरीको जिवन वाच्न सक्ने हुदा सक्दो सहयोग गरिदिन आग्रह गरेका छन । 

तिलोत्तमा निवासी  तमुछोज धिका केन्द्रिय सदस्य धनवहादुर रानाले थारु परिवारको पिडा कहाली लाग्दो रहेको बताए । उनले जिवनरक्षाको पहल गरिदिन सकै संघ संस्थाहरुलाई आग्रह समेत गरेका छन । 

Last modified on 2019-05-31 13:21:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts