विश्व सूर्तिजन्य पदार्थ रहित दिवस

सूर्तिजन्य पदार्थको सेवनबाट वर्षेनी २७ हजार मानिसको मृत्युः महिलाको संख्या बढ्दै



Download our app to get more features

काठमाडौं, १७ जेठ । सूर्तिजन्य पदार्थको सेवनबाट विश्वभर वर्षेनी ७० लाख भन्दा बढी मानिसको मृत्यु हुने विश्व स्वास्थ्य संगठनको तथ्याङ्ले देखाउँछ ।

यो संख्या सन् २०३० सम्म ८० लाख पुग्ने संगठनले जनाएको छ। विश्वमा हरेक दिन १५ अरब चुरोट र हरेक मिनेट एक करोड खिल्ली चुरोट बिक्री हुने अनुमान गरिएको छ।

विश्वमा हरेक आठ सेकेण्डमा एक जनाको मृत्यु सुर्ती सेवनकै कारणले र हरेक १० जनामध्ये एक वयस्कको मृत्यु चुरोट सेवनले हुन्छ।
सन् २०३० सम्ममा चुरोट सेवनले ६ मध्ये एकजनाको मृत्यु हुने विश्वव्यापी अनुमान छ।

६ लाख मानिस अरुले सेवन गरेको प्रभावमा परि मर्ने गरेका संगठनको तथ्याङ्कमा उल्लेख छ ।  

स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट प्रत्येक वर्ष २७ हजार १ सय ३७ जनाको मृत्यु हुनेको गरेको छ ।

विश्व सूर्तिजन्य पदार्थ रहित दिवसको अवसरमा मन्त्रालयले राजधानीमा गरेको एक कार्यक्रमकाबीच यो तथ्याङ्क प्रस्तुत गरीएको हो ।

मन्त्रालयको तथ्याङ्अनुसार नेपालमा ९० लाख मानिसले सूर्तिजन्य पदार्थको प्रयोग गर्छन् ।

जसमा   ४८ प्रतिशत पुरुष सूर्तिजन्य पदार्थको सेवनकर्ता रहेका छन् भने १४ प्रतिशत महिला रहेका छन् ।

पछिल्लो समय  सूतिजन्य पदार्थको प्रयोगमा युवाहरुको आकर्षण बढ्दोक्रममा रहेको स्वाथ्य मन्त्रालयका प्रवक्ता  महेन्द्रबहादुर श्रेष्ठले बताए ।

अझै महिला प्रयोगकर्ता पनि बढ्दोक्रममा रहेको भन्दै उनले सूर्तिजन्य पदार्थ सेवनको नियन्त्रणमा प्रत्येक घरदेखि नै अभियान थाल्नुपर्ने बताए ।               

उपप्रधान तथ स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जुन चिजले आफूलाई असर गर्छ त्यही चिजको सेवन गर्दा आर्थिक र शारीरीक मात्रै नभई मानसिक समस्या समेत बढ्दै गएको बताए । उनले प्रत्येक सचेतवर्गले नै आफैबाट छोड्ने प्रयत्न गरी अरुलाई समेत प्रयोग नर्गन सन्देश प्रवाह गर्न आग्रह गरे ।

सूर्तिजन्य पदार्थको क्यालेन्डर, ब्यानर बनाएर हरेक गाउँगाउँमा सचेतना कार्यक्रम फलाउन आजैबाट सुरु गर्नुपर्ने मन्त्री यादवको भनाई छ । 

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले सूतिजन्य पदार्थ सेवनसम्बन्धित कानून भएरमात्रै नियन्त्रणमा नआउने बताए ।

मन्त्री यादवले भने ‘सूर्तिजन्य पदार्थ १८ वर्ष मूनिका बालबालिकाले खरिद गर्न नापाउने कानूनमा उल्लेख छ, तर नेपालमा यसको कार्यान्वयन भएको देखिदैन, यसकारण सचेतवर्गले नै ध्यान दिन जरुरी छ ।’

यससँगै लाइसेन्स बिना नै  धमाधम सूर्तिजन्य पदार्थको विक्रिवितरण भइरहेकोप्रति सरकारको ध्यान जान आवश्यक रहेको उनको भनाई छ । 

पूर्व स्वास्थ्यमन्त्री तथा सासंद खगराज अधिकारीले जनकपूर चुरोट कारखाना ब्युताउनुको सट्टामा औषधि लिमिटेडको स्थापना गरिनुपर्ने दाबी गरे ।

सूर्तिजन्य पदार्थ सेवनको नियन्त्रणका लागि हरेक गाउँबाटै अभियान थालिनुपर्ने भन्दै सांसद रेग्मीले आफू पढेको प्रारम्भिक विद्यालयबाट यो अभियान आफैंबाट सूरु गर्ने बताए । 


‘स्वास्थ्यमन्त्री ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कार’
 

सोही कार्यक्रममा  ‘स्वास्थ्यमन्त्री ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कार’ समेत वितरण गरिएको छ ।  

जसमा सुर्तीजन्य पदार्थमा सबैभन्दा बढी (९० प्रतिशत) चेतावनीमूलक सन्देश राखेर विश्वमै पहिलो राष्ट्र बनाउन उल्लेख्य भूमिका खेलेको भन्दै सांसद तथा पूर्वमन्त्री खगराज अधिकारीलाई पुरस्कार प्रदान गरियो ।

नीति कार्यान्वयमा सक्रिय ढंगले लागेको भन्दै काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदी गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनलाई पनि पुरस्कार प्रदान गरिएको छ।

यसैगरी, स्वास्थ्य पत्रकारहरूको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालाई पनि ५० हजार रुपैयाँ राशिको ‘स्वास्थ्यमन्त्री ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कार प्रदान गरिएको छ ।

यससँगै गोरखापत्र दैनिकका पत्रकार सरोज ढुंगेल, लगातार सुर्तीजन्य पदार्थसम्बन्धी समाचार प्रकाशन गरेको नयाँ पत्रिका दैनिक लगायतलाई पुरस्कार प्रदान गरिएको छ।

Last modified on 2019-06-02 06:15:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts