सीपीडी कार्यक्रम अनिवार्य लागु गरिँदै, चिकित्सकका लागि तोकियो अनिवार्य पाँच क्षेत्र



Download our app to get more features

काठमाडौं, १७ जेठ ।  चिकित्सा पेशालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन नेपाल मेडिकल काउन्सिलले निरन्तर पेशागत उन्नयन (सिपिडि)कार्यक्रम संचालनमा ल्याउने भएको छ । नेपालमा चिकित्सा सेवा प्रवाह गरिरहेका सबै चिकित्सकको ज्ञान र सीपलाई अझ परिष्कृत गर्ने , चिकित्सक र बिरामीका बीच उत्पन्न हुने असमझदारीलाई न्युनिकरण गर्दै गुणस्तरीय बनाउने काउन्सिलले जनाएको छ । 

यस कार्यक्रममा पाँच वर्ष भित्रमा जम्मा एक सय अंक सीपीडी कार्यक्रमबाट प्राप्त गर्नुपर्ने छ । जस अन्तर्गत ३० अंक अनिवार्य भनि तोकिएको विषयबाट ल्याउनु पर्छ भने बाकि आफ्नो व्यवसायिक रुचिको क्षेत्रबाट प्राप्त गर्न सकिने छ ।

अनिवार्य क्षेत्र भनि नेपाल मेडिकल काउन्सिलले निम्न विषयलाई समेटेको छ । 
Best life support,

Medical Ethics,

Communication skills,

Infection Pravention and Control,

Rational Use of Druge  यी पाँच क्षेत्र सम्पूर्ण चिकित्सकको लागि र Medical Emergencies and Practice Menagement in Dentistry विषय दन्त चिकित्सकका लागि तय गरिएको छ । 

साथै आफ्नो व्यवसायिक क्षेत्र भन्नाले रुचि अनुसारको कार्यरत चिकित्सा अभ्यास क्षेत्र मानिने छ । जस अन्तर्गत चिकित्सकहरुले प्राप्त गरेका शैक्षिक योग्यता, तालिम, प्रकाशित गरेका लेख, रचना, पुस्तक र नियमित रुपमा सम्मिलित हुने सेमिनार, वर्कसप लगायतका विषयहरु समावेश गरिएको छ। 

सीपीडी कार्यक्रम अन्तर्गत कुनै लिखित तथा प्रयोगात्मक परीक्षा भने काउन्सिलले लिने छैन । काउन्सिलले यो कार्यक्रम चिकित्सकहरुको ज्ञान र सिपलाई निरन्तर परिष्कृत गर्दै लैजाने पेशागत उन्नयन भएको दावी गरेको छ । 

काउन्सिलले यस कार्यक्रमलाई राजधानीमा मात्र केन्द्रित नगरी केन्द्र प्रदेश र स्थानीय तहसम्म सहज तरिकाले उपलब्ध हुने व्यवस्था गर्ने जनाएको छ । 

यस कार्यक्रममा सहभागि हुने चिकित्सक र सेवा प्रदायक संघ संस्थालाई सजिलो होस् भनेर काउन्सिलले कार्यक्रमको तथ्यांक दुरुस्त राख्न विशेष सीपीडी सफ्टवेयर विकास गरी छुट्टै सीपिडि  वेभसाइटको व्यवस्था गर्ने काउन्सिलले जनाएको छ । यस व्यवस्थाले चिकित्सकले आफ्नो सीपीडी  अंक बारेमा र देशभर सञ्चालन भइरहेको कार्यक्रमको बारेमा जानकारी लिन सक्ने काउसिन्लका अध्यक्ष डा.धर्मकान्त बास्कोटाले जानकारी दिए । 

दक्षिण एसियामा सिपिडि कार्यक्रम अनिवार्य गरी औपचारिक रुपमा लागु गर्ने दोस्रो मुलुकमा नेपाल रहेको पनि उनले जानकारी दिए । प्रथममा भने भुटान रहेको  छ । 

Last modified on 2019-06-02 06:14:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts