हस्तमैथुनको साथै यी तरिकाले ल्याउन सक्छ तपाईंको सेक्स लाइफमा झन् मज्जा



Download our app to get more features

के तपाईंलाई पनि लाग्छ की तपाईंको सेक्स लाइफ धेरै नै खराब र उदासमय बनेको छ ? यदि हो भने त्यसको अनेक कारण हुन सक्छ । जस्तैः थकावट, मेडिकल अवस्था, कम रक्तचाप । तपाईं आफ्नो यौन क्षमताको बारेमा पत्ता लगाउनका लागि डक्टरसँग सल्लाह गर्न सक्नुहुनेछ । तर, हुन सक्छ तपाईं आफैंले पनि केहि गल्ती गरिरहेको हुन सक्छ । ध्यान दिनुस् आफ्नो सेक्स लाइफको यी कुरामा र अपनाउनुस् यी उपाय...

ध्यान दिनुस् फिटनेसमाथि 
एक्सपर्ट्सका अनुसार यदि तपाईं राम्रोसँग सेक्स गर्न सकिरहनु भएको छैन भने त्यसको कारण तपाईंको फिटनेस हुन सक्छ । अमेरिकाको फ्लोरिडामा भएको एक अध्ययनका अनुसार जो मानिस नियमित रुपले व्ययाम गर्छन् उनले सेक्स र सेक्सको बेला राम्रो र लामो समय सम्म गर्ने गरेको बताए । 

कुराकानी छ जरुरी 
राम्रो सेक्सको लागि कुराकानी गर्न जरुरी छ । यदि तपाईंलाई लाग्छ की बिना मतलबमा कुरा गर्नाले कुनै फाइदा छैन भने एक पटक फेरि सोच्नुहोस् । अमेरिकाको च्यापम्यान  यूनिभर्सिटीले झन्डै ३९ हजार मानिसमा अध्ययन गरेको थियो । अध्ययनमा प्रायः जसो मानिस जो आफ्नो पार्टनरसँग सेक्शुअल इन्टिमेसीमाथि पटक पटक कुरा गरिरहन्छन् र सेक्सलाई लिएर सन्तुष्ट हुन्छन् ।

घरमा नल्याउनुस् अफिसको काम
अफिसको काम मात्र होइन अफिसको कुनै पनि कुरा घरमा ल्याउनाले तपाईंको सेक्स लाइफलाई प्रभावित पार्न सक्छ । त्यसैले यदि तपाईं समय व्यवस्थापन गर्न सकिरहनु भएको छैन भने त्यो तपाईंको ठूलो गल्ती हो । 

आत्म सन्तुष्टि 
तपाईं मान्नुस या नमान्नुस् तर, हस्तमैथुनले तपाईंको सेक्स लाइफमा प्रभाव पार्छ । अध्ययनका अनुसार हूतमैथुनले तपाईंको पार्टनरसँग नजिकिनमा मद्दत गर्छ भने हस्तमैथुनले महिलामा आफ्नो शरीरलाई लिएर आत्मविश्वास बढाउँछ । यसले तपाईंको पार्टनरलाई पनि तपाईंको आवश्यक्ता बुझ्नमा मद्दत गर्छ । 

Last modified on 2019-06-01 13:52:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts