शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण सुरु, विदेश जानु पर्ने बाध्यताको अन्त्य



Download our app to get more features

काठमाडौं, १८ जेठ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण सुरु भएको छ । 

अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको हो । अस्पतालका लिभर ट्रान्सप्लान्ट सर्जन डा. रमेशसिंह भण्डारीको नेतृत्वको टोलीले शुक्रबार एक बिरामीमा कलेजोकोे सफल प्रत्यारोपण गरेको हो ।

पाली टोलीलाई सघाउन भारतस्थित अपोलो अस्पतालबाट लिभर ट्रान्सप्लान्ट सर्जन डा. निरभको टोली पनि नेपाल आएको थियो ।

टोलीले शुक्रबार ५३ वर्षका एक जना बिरामीको कलेजोको प्रत्यारोपण गरेको हो । उनलाई उनकै ३३ वर्षीया छोरीले कलेजो दान गरेकी हुन् । 

प्रत्यारोपणका लागि १२ देखि १३ घण्टा लागेको डा.भण्डारीले बताए । तर, उनले बिरामी र उनको छोरीको नाम भने खुलाएनन् ।

यो सँग शिक्षण अस्पतालमा नियमित कलेजो पत्यारोपण पनि सुरु भएको छ । शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरुभएपछि अब बिरामीलाई बाहिर विदेश जानु पर्ने बाध्यताको पनि अन्त्य भएको छ । 
यो सँग अब नेपालमा कलेजो प्रत्यारोपण गर्ने दुईवटा अस्पताल पनि भएको छ् । भक्तपुरमा रहेको मानवअंग प्रत्यारोपण केन्द्रले तीन वर्ष अघि नै कलेजो प्रत्यारोपण शुरु गरेको थियो । त्यहाँ अहिलेसम्म चार जनाको प्रत्यारोपण भएको छ ।
 

Last modified on 2019-06-01 19:40:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts