के एच.आई.भी. पुरुषको तुलनामा महिलालाई बढी सर्दछ ?



Download our app to get more features

यौन रोग महिला र पुरुष दुबैको नै समस्या  भए तापनि पुरुषको तुलनामा महिलालाई बढी पर्दछ ।

महिलाको शारीरिक बनावटले उनीहरुलाई एच.आई.भीको बढी जोखिममा पार्दछ ।

किनकि सम्भोगको बेलामा महिलाको योनीको भित्री भाग (पातलो छाला) बढी सम्पर्कमा आउँछ र जसले गर्दा एच.आई.भीका जीवाणु सजिलै शरीरमभा प्रवेश हुन पाउँछन् ।

अझ किशोरीहरु त बढी जोखिममै हुन्छन् किनकि उनीहरुमा पहिलो सम्भोगमै योनीमा घाउ लाग्ने बढी सम्भावना हुन्छ र यदी पुरुष एच.आई.भी. बाट संक्रमित रहेछ भने पहिलो सम्पर्कमै उनी संक्रमित हुन पुग्छिन् ।

पुरुषले महिलाको योनीमा खसाएको वीर्य योनीमा लामो समयसम्म रहिरहने भएकोले यदि संक्रमत व्यक्तिको वीर्य रहेछ भने महिलाको योनी हुँदै महिलाको शरीरमा सजिलै प्रवेश हुने हुन्छ ।

अध्ययनले पुरुषको तुलनामा महिलामा ९ गुणा बढी सजिलैसँग एच.आई.भी. सर्ने देखाएको छ । 

किशोर–किशोरीहरुका प्रजनन स्वास्थ्य सम्बन्धी जिज्ञासा पुस्तिकाबाट

Last modified on 2019-06-01 19:40:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts